थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले गएको २४ घन्टामा ४३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । नेपालमा संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ । श्राेत: इका












