चिनियाँ तथा अमेरिकी अधिकारीबीच व्यापार विवादबारे फोन वार्ता……

चीन तथा अमेरिकाबीचको व्यापार विवाद समाधानका लागि गठित विस्तृत आर्थिक वार्ता समितिका दुबै देशका प्रमुख वार्ताकारहरूबीच फोनवार्ता भएको छ । चिनियाँ वार्ता टोलीका प्रमुख तथा उप प्रधानमन्त्री लिउ हेले अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजर तथा अर्थमन्त्री स्टेवन मुनचिनसँग मङ्गलबार विहान फोन वार्ता गर्नुभएको हे निकटस्थ स्रोतले बताएको हो । दुबै पक्षले समष्टिगत आर्थिक नीतिहरूको द्विपक्षीय समन्वय तथा चीन–अमेरिकाबीच भएको पहिलो चरणको आर्थिक तथा व्यापार सम्झौता कार्यान्वयन गर्ने विषयमा रचनात्मक वार्ताका लागि कुराकानी भएको बताइएको छ ।  स्रोतः रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार