नेपाली काँग्रेसको केन्द्रीय कार्यालयको रमिता…..

काठमाडौं, सिंहदरबार र बालुवाटारको साँचो अहिले नेपाली काँग्रेसका हातमा छ । तर, सानेपास्थित काँग्रेस मुख्यालयको दृश्य भने सत्तारुढ दलको कार्यालयजस्तो नभएर आन्दोलनकारीको अखडाजस्तै बनेको छ । बुधबार नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा पुग्दा त्यहाँ रमिता देखियो । क्रियाशील सदस्यतासम्बन्धी विवादका कारण केही दिनयता काँग्रेस कार्यकर्ताहरु केन्द्रीय कार्यालयमा अनशन बस्दै आएका थिए । अनशनमा पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादवसमेत सहभागी थिए । मंगलबार मात्रै काँग्रेस नेताहरुले सहमति जुटाएर अनशन तोडाएका थिए । तर, बुधबार फेरि काँग्रेसको मुख्यालयको रमिता जारी रह्यो । बारा जिल्लाका पूर्वसभापति तथा पूर्वसभासदद्वय लालबाबु सिंह र राम अयोध्याप्रसाद यादव, महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादव, निजगढ नगरपालिकाका मेयर सुरेशकुमार खनाल आन्दोलन गर्न जिल्लाबाट पार्टी मुख्यालयमा आएका छन् । उनीहरुका साथमा बाराका विभिन्न पालिकाअन्तर्गतका वडा सभापतिहरु क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका छन् । रोचक त के छ भने सदस्यता वितरणमा धाँधलीको विरोध गर्ने कार्यकर्ताहरुलाई काउन्टर दिन सानेपामै बारा काँग्रेसका जिल्ला सभापति जयचन्द चौरासिया पनि धर्नामा छन् । क्षेत्रीय सभापति, नगर सभापति तथा वडा सभापतिहरु उनका साथमा छन् । बाराबाट काठमाडौं आएर आन्दोलनमा उत्रेका केही पूर्वसभासद र जनप्रतिनिधिहरुले सदस्यता वितरणमा जिल्ला नेताहरुबाट धाँधली गरिएको आरोप लगाएका छन् ।  श्रोत: ‌रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार