मोहन बैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी)मा आवद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले एमसीसीको विरोध गर्दै अमेरिकी दूतावास अगाडि प्रदर्शन गरेका छन्। सोमबार दिउँसो महाराजगञ्जस्थित अमेरिकी दूतावास अगाडि एमसीसी राष्ट्रघाती सम्झौता भएको उल्लेख गर्दै खारेज गर्न दवाव दिईरहेका हुन्। उनीहरुले ‘राष्ट्रघाती एमसीसी सम्झौता तत्काल खारेज गर’ लगायतका नारा लगाएका थिए। अखिल (क्रान्तिकारी)ले एमसीसी पारित गरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिँदै आएको छ। उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। श्राेत: इका












