विरोधीहरु म बाँचेकैमा चिन्तित छन् त के गरुँ…..

काठमाडौँ — एमालेको विधान महाधिवेशन र त्यसअघि पनि कार्यक्रम स्थलमा अध्यक्ष केपी शर्मा ओलीका ठुल्ठूला तस्बिर र डमी लगाउने गरिएको छ । त्यसलाई लिएर सार्वजनिक रूपमा र एमाले कार्यकर्ताले पनि ‘ओलीको देवत्वकरण गरिएको’ भन्दै आलोचना हुने गरेका छन् । आफूलाई देवत्वकरण गरिएको भनेर आएका आलोचनाको ओलीले आइतबार जवाफ दिएका छन् । तीन दिनदेखि ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा समापन सम्बोधन गर्दै ओलीले विरोधीले एमालेको एकता भाँड्न त्यस्तो भ्रम फैलाइएको दाबी गरेका छन् । एमालेले कसैलाई कसैलाई देवता नमान्ने र कसैलाई देवत्वकरण नगर्ने भन्दै ओलीले भने, ‘हामी कसैलाई देवता मान्दैनौ, कसैको देवत्वकरण गर्दैनौं । तर, नेतृत्व हुन्छ । नेतृत्वका वरिपरि पार्टी एकत्रित हुन्छ, आन्दोलन एकत्रित हुन्छ ।’ आफ्ना डमी बनाउने र ठुल्ठूला पोस्टर लगाउने कार्य नेतृत्वको वरिपरि पार्टी र आन्दोलन एकत्रित भएको रूपमा अर्थ्याए । त्यसलाई पुष्टि गर्न उनले पुष्पलालदेखि माओसम्मका उदाहरण दिए । ‘पुष्पलालका वरिपरि, पुष्पलालले अगाडि सारेका विचारका वरिपरि हामी सबै आजसम्म गोलबन्द भएका छैनौं ?, कार्लमार्क्सले अगाडि सारेका विचार वरिपरि हामी अहिलेसम्म गोलबन्ध भयौं, लेनिनका वरिपरि सिंगो रुस गोलबद्ध भएको थियो, माओका वरिपरि सिंगो चीन गोलबद्ध भयो । नेपालमा कम्युनिस्ट नेताहरूलाई स्थापित हुन नदिएको ओलीको भनाइ थियो । उनले मदन भण्डारी र पुष्पलाललाई स्थापित हुन नदिएको बताए । एमालेमा आज आफ्नो राम्रो टीम भएको भन्दै ओलीले थपे, ‘जुन दिन रानो हुँदैन मौरीको गोलो समाप्त हुन्छ । त्यसकारण यो अनेक प्रकारका भ्रम, हल्ला एकतालाई तोड्न चलाइएका हुन् । त्यसपछि ओलीले आफ्नो स्वास्थ्यलाई पनि आलोचनासँग जोडेका थिए । उनले विरोधीहरू आफू बाँचेकोमा नै चिन्तित रहेको बताए । ‘म बाँचिराखेको हुनाले चिन्तित छन् । कार्यकर्ताले, जनताले असाध्यै माया गर्छन् । त्यसले एमालेलाई फाइदा हुन्छ त्यसैले चिन्तित छन्,’ उनले भने, ‘विरोधीहरू म बाँचेकैमा चिन्तित छन् त म के गरुँ ?’ आगामी महाधिवेशनबाट अध्यक्षका रूपमा दोहोरिनका लागि ७० वर्षे उमेर सीमामा संशोधन गरिएको भन्ने चर्चाका बीच ओलीले कार्यकर्ताहरूलाई भने, ‘एमालेलाई सुदृढ बनाएर छोड्ने हो ।  श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार