१६ मन्त्रालयको जिम्मेवारी भएको मौकामा धमाधम सरुवा…..

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले सम्हालेका १६ मन्त्रालयमा एक महिनायता सुनसानप्रायः छन् । कर्मचारी सामान्य दैनिक प्रशासनिक काम चलाएर बसिरहेका छन् । विभागीय मन्त्री नभएर मन्त्रालयको कामकारबाही अवरुद्ध भएका बेला एउटा काम भने फटाफट भइरहेको छ, त्यो हो– कर्मचारी सरुवा । प्रधानमन्त्रीले सम्हालेको गृह मन्त्रालयले शुक्रबार मात्रै राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) सहित २५ जना अधिकारीको सरुवा गरेको छ । सहसचिव दरबन्दी भएका १० जिल्लामा प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका प्रमुख वासुदेव घिमिरेलाई पाँच महिनामै गृहमा फिर्ता बोलाइएको छ । दाहालकै जिम्मेवारीमा रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक महेश भट्टराईलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ । विभागमा गएको साढे पाँच महिनामै उनको सरुवा भएको हो । गत फागुनमा भट्टराईको सरुवा भएपछि वाणिज्य विभाग निमित्तको भरमा चलिरहेको छ । राजस्व अनुसन्धान विभाग रहँदा कार्यसम्पादनमा प्रश्न उठेपछि प्रधानमन्त्री कार्यालयमा तानिएका सहसचिव झलकराम अधिकारीलाई गृहले गत फागुनमा अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ । तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पदमुक्त भएपछि दाहालले गृह आफूमातहत ल्याएको दुई महिना भएको छ । राप्रपाले सरकार छाडेपछि थप तीन मन्त्रालय पनि प्रधानमन्त्रीमातहत लगिएको एक महिना पुगेको छ । एमालेले गत फागुन १५ मा सरकार छाडेपछि रिक्त रहेका थप मन्त्रालय पनि प्रधानमन्त्रीसँगै छन् । प्रधानमन्त्रीमातहत रहेका १६ वटै मन्त्रालयमा कामकाज प्रभावित छ । प्रधानमन्त्री दाहालले भने मन्त्रालयमा राजनीतिक नेतृत्व चयनलाई भन्दा कर्मचारी सरुवालाई प्राथमिकता दिइरहेको देखिन्छ । दाहालले प्रधानमन्त्री बनेको दसौं दिनमै ७ जना सचिवको सरुवा गरेका थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक सहसचिवले भने, ‘हामीलाई त प्रधानमन्त्री कार्यालयले कर्मचारी सरुवाको बोधार्थ मात्रै दिने गरेको छ ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार