काठमाडौँ — नक्कली शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा जोडिएका पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ परेका छन् । स्रोतका अनुसार बुधबार साँझ उनलाई प्रहरीले पक्राउ गरेको हो । पूर्वमन्त्री रायमाझी र उनका छोरा सन्दीपलाई बुधबार नै पक्राउ पुर्जी जारी भएको थियो । तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेपछि उनको बयानका आधारमा रायमाझीका बाबुछोरालाई पक्राउ पुजी जारी भएको हो । प्रहरीको अनुसन्धानमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ खुलेको हो । तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसमेत रहेको गिरोहलाई हाल एमाले सचिव रहेका टोपबहादुर रायमाझीले सहयोग गरेको पुष्टि भएको छ । गिरोहका सदस्यले रायमाझीका छोराका नाममा काटेको डेढ करोडको चेक पनि प्रहरीले बरामद गरेको छ । साभार : इका
- तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझी र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी
- नेपाल सरकारका सचिव टेकनारायण पाण्डे पक्राउ
- भुटानी शरणार्थी बनाउने धन्दामा सुरक्षाविद् राई पक्राउ
- मुद्दा कमजोर बनाउने खेलमा प्रहरी
- अमेरिका उडाउने भन्दै ८७५ नेपालीलाई भुटानी बनाउने गिरोहमा ‘राजनीतिक संलग्नता’
- भुटानी शरणार्थी सूचीका ४२९ जना पनि सन्देहमा
- नक्कली शरणार्थी बनाउने गिरोहमाथिको अनुसन्धान रोकिन्न : गृहसचिव
- नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने गिरोहका अर्का नाइके राई समातिए
- अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली
- नक्कली शरणार्थी बनाएर अमेरिका लैजान खोज्ने गिरोहका नाइके दुलालसहित ३ पक्राउ
- भुटानी शरणार्थी बनाएर अमेरिका लाने भन्दै करोडौं असुली
- नेपालीलाई ‘भुटानी शरणार्थी’ बनाउने खेल












