ललिता निवास प्रकरणमा माधव नेपाल निर्दाेष…..

कास्की — प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार अभियोगमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष सावित भएको दाबी गरेका छन् । समाजवादी मोर्चाको गण्डकी प्रदेशस्तरीय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भ्रष्टाचार अभियोगमा माधव नेपाललाई सीआईबीले छानबिन गर्दा निर्दोष सावित गरेको बताएका हुन् । ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपाल र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई सीआईबीले गत साता सोधपुछ गरेको प्रसंगमा प्रधानमन्त्री दाहालले यस्तो प्रतिक्रिया दिएका हुन् । सरकारको भ्रष्टाचारविरोधी अभियानमा कोही पनि नछुट्ने भन्दै प्रधानमन्त्री दाहालले भने, ‘माधव नेपालको नाम आउँदा उहाँलाई मात्र होइन मलाई पनि तनाब भयो । मैले प्रहरीलाई जोकोही परे पनि छानबिन गर भनेर निर्देशन दिएँ । छानबिन गर्दा म नै परे पनि मलाई पनि नछाड्नुस् भनेको छु । पार्टीमा कति आफन्तलाई जोगायौ भन्ने आरोप पनि लाग्यो । अहिले पार्टीका व्यक्ति पनि परेका छन् । छानबिन सबैलाई हुनुपर्छ । प्रधानमन्त्री दाहालले भ्रष्टाचार अभियान एक महिने भन्दाभन्दै ८ महिना पुगेको र वर्षसम्म चल्ने पनि बताएका छन् । यस्तै निर्दोष व्यक्ति नफस्न र दोषी नउम्कनका लागि प्रहरी र सीआईबीलाई स्वतन्त्र छाडेको उनको भनाइ थियो । अर्को प्रसंगमा प्रधानमन्त्री दाहालले सत्ता गठबन्धन ५ वर्षसम्म टिक्ने र गठबन्धनबाट जोसुकै व्यक्ति प्रधानमन्त्री भए पनि यो अभियानलाई निरन्तरता दिइने बताए । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार