भद्रकाली घटना प्रहरीको दुर्व्यवहारमा परेका भिक्षु…..

काठमाडौं –   काठमाडौँको भद्रकाली मन्दिर परिसरमा गेरुबस्त्र लगाएका भिक्षुमाथि सुरक्षाकर्मीले लात्ताले प्रहार गरेकोबारे प्रश्न उठेको छ । चौतर्फी आलोचनापछि प्रहरी प्रधान कार्यालयले घटनामा संलग्न प्रहरी कर्मचारीमाथि विभागीय कारबाही सुरु गरेको सार्वजनिक सूचना प्रकाशन गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले घटनाबारे आन्तरिक छानबिन गर्दै छ । चैत २४ मा राजेन्द्र महतो, सुमन सायमी र रवीन्द्र श्रेष्ठले नेतृत्वको गरेको प्रदर्शनमा प्रहरीले भिक्षुलाई दुर्व्यवहार गरेका हुन् । दुर्व्यवहारमा पर्ने भिक्षु हुन्, फुर्वा तामाङ लामा । उनी शंकरापुर नगरपालिका–३ स्थित गुम्बाबाट प्रदर्शनमा सहभागी हुन भद्रकालीमा आएका थिए । प्रहरीका अनुसार लामा गुरुहरू पनि प्रदर्शनमा सहभागी थिए । ‘तामाङ मुक्ति बाहिनी’को ब्यानरमा उनीहरू प्रदर्शनमा सहभागी भएको प्रहरी अधिकृतहरूको जिकिर छ । भिक्षुलाई दुर्व्यवहार गर्ने प्रहरीका जवान हुन् । भुकुटीमण्डपस्थित नगर प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानले भिड नियन्त्रणको सिद्धान्त विपरीत धार्मिक भेषमा रहेका फुर्वालाई लात्ता प्रहार गरेको प्रहरीको छानबिन निष्कर्ष छ । उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापा भन्छन्–‘लात्ता प्रहार गर्नु गलत भएको छ, त्यसमा संलग्नलाई विभागीय कारबाही सुरु गरेका छौं । भिड नियन्त्रण गर्न परिचालित सुरक्षाकर्मीले व्यावसायिकता भुलेर अमर्यादित क्रियाकलाप गरेको उपत्यका प्रहरी कार्यालयले सोमबार ब्रिफिङ गरेको छ । उपत्यकामा कार्यरत प्रहरी निरिक्षक र सोभन्दा माथिका अधिकृतलाई एआईजी दीपक थापाले प्रहरी प्रधान कार्यालयस्थित अडिटोरियम हलमा ब्रिफिङ गरेका हुन् । शनिवारको प्रदर्शनमा झडप हुँदा नगर प्रहरी कार्यालयमा कार्यरत जवान रामसिंह बोहरा घाइते भएका छन् । उनको प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।   साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार