खड्का ल्यान्डले ५ करोड बढी भाडा तिर्न बाँकी…..

काठमाडौं –    नेपाल स्काउटले खड्का ल्यान्ड डेभलेपमेन्ट प्रालिसँगको घर तथा जग्गा भाडा सम्बन्धी बाँकी बक्यौता विवरण संसदीय समितिलाई उपलब्ध गराएको छ । यसअघि प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले स्काउटसँग भाडाको विषयमा जवाफ मागेको थियो । सोही आधारमा बिहीबार स्काउटले जवाफी पत्र पठाएको हो । जसमा खड्का ल्यान्डको बक्यौता ५ करोड १९ लाख २७ हजार ८ सय ५१ रुपैयाँ बक्यौता रहेको उल्लेख छ । स्काउटले १४ माघ २०८० सालमा राज्य व्यवस्था समितिमा उजुरी दर्ता गरेको थियो । उजुरी दर्ता भएको १० महिनापछि गत सोमबार सांसदहरूलाई वितरण गरिएको थियो ।साभार : अखप 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार