आशिका तामाङलाई तत्काल रिहा गर्न पूर्वमन्त्री श्रेष्ठको माग…..

काठमाडौँ –    पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले अभियन्ता आशिका तामाङलाई तत्काल रिहा गर्न माग गरेकी छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्वमन्त्री श्रेष्ठले सरकारसँग सो माग गरेकी हुन् । बिहीबारै भक्तपुरस्थित प्रहरी बृत जगाती पुगेर अभियन्ता तामाङसँग भेट भएको बताउँदै उनले भनेकी छन् आशिकाजीलाई रिहा गरियोस्। राज्यले आफ्नो प्राथमिकता तय गरोस् र विवेक प्रयोग गरोस्। आशिकाजीलाई न्याय मिलोस्। उनले आशिकाको अराजक तरिकाप्रति असहमति हुँदा पनि त्यसमा आम मानिसको आक्रोश प्रतिबिम्वित भएको देखिने बताएकी छन् । श्रेष्ठले आशिकाको तरिकाप्रति बौद्धिक वर्ग उनको तरिकाप्रति असहमत होला तर गल्ती अनुसारको दण्ड हुनु पर्ने हो नि, के यसरी यातना दिनु उचित छ ? भन्दै प्रश्न समेत गरेकी छन् ।साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार