बैठकबाट रास्वपा सांसदहरू बाहिरिए…..

काठमाडौं –     संसदीय व्यवस्थामा अभ्यास र नजिरलाई कानुनसरह मान्ने गरिन्छ । संसदीय व्यवस्था अवलम्बन गरेका मुलुकमा सांसदहरू नयाँ–नयाँ अभ्यास र नजिर स्थापित गर्न प्रयास गरिरहेका हुन्छन् । नेपाल पनि यस्ता कैयन उदाहरण छन् । शुक्रबार संसद्‌मा केही नयाँ र फरक दृश्य देखिए । गत भदौ ३१ गते अन्त्य भएको संसद्को अधिवेशन शुक्रबारबाट सुरु भएको हो । पहिलो दिन संसद्‌मा दलहरूले एक अर्काप्रति केही सन्देश दिने प्रयास गरे, सत्तापक्ष र प्रतिपक्षले एक अर्कोप्रति हावी हुने प्रष्ट संकेत गरे । सभामुखको भूमिका कस्तो हुन्छ भन्ने विषयमा समेत केही आशंकासहितका संकेत मिलेको सांसदहरू बताउँछन् ।आफैँ समय तोकेर बैठक बहिष्कार चार महिनापछि बसेको संसद् बैठकको सुरुमै आफ्नो कुरा राख्ने तयारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को थियो । तर, रास्वपाको त्यो तयारीले काम गरेन । दिउँसो १ बजेका लागि तय भएको बैठक केही मिनेट ढिलो गरी सुरु भयो । सभामुख देवराज घिमिरेले कार्यसूचीमा अगाडि बढाउन खोज्दा रास्वपाले अवरोध गर्‍यो र आकस्मिक समय माग्यो । तर, रास्वपाले पाएन । आधा घण्टासम्म सवालजवाफ चल्यो । सभामुख घिमिरेले समय दिएनन । बरु, आफ्नै समयमा कुरा राख्न आग्रह गरिरहे । रास्वपाले अवरोध नछाडेपछि सभामुख संसद्को कार्यसूचीमा अघि बढे । रास्वपाका सांसदहरूले आफैं समय तोके अनि १५ मिनेका लागि भन्दै बैठककक्षबाट बाहिरिए । र केहीबेरमा फर्किए । संसद् सचिवालयका पूर्वसचिव सोमबहादुर थापाका अनुसार आफैं समय तोकेर बैठक बहिष्कार गरिएको नेपालको संसदीय इतिहासमा यो नयाँ अभ्यास हो । आफैं समय तोकेर बाहिरिने नयाँ अभ्यास हो । तर, बहिष्कार र विरोधबीच सभा अगाडि बढाउने प्रवृत्ति चाहिँ नयाँ होइन,’ थापाले अनलाइनखबरसँग भने । रास्वपाले आफूहरूको बहिष्कारलाई ‘सांकेतिक विरोध’ भनेको छ ।

ओली बोल्दा प्रचण्ड पढिरहे:

हिउँदे अधिवेशनको पहिलो दिन शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका तय भएको थियो । सोही अनुसार एमाले संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरे । संसदीय परम्परा अनुसार प्रधानमन्त्रीले सम्बोधन गरेपछि प्रमुख प्रतिपक्षी दलका नेताले सम्बोधन गर्नुपर्ने हुन्थ्यो । सोही अनुसार प्रमुख प्रतिपक्षी दलका माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले बोल्ने तयारी पनि थियो । तर, दुई कारणले रोकियो । पहिलो कारण बन्यो, सभामुखले पठाएको सन्देश । दोस्रो, प्रचण्डको काउन्टर तयारी ।साभार : अखप 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार