६ अर्ब बढी पैसा नतिरेपछि एयरटेलले काटिदियो नेपालको इन्टरनेट…..

काठमाडौं-     इन्टरनेट ब्याण्डविथबापत २ वर्षको करिब ६ अर्ब बढी रुपैयाँ भारतीय कम्पनी एयरटेललाई भुक्तानी गर्न सरकारले अवरोध गरेका कारण आज इन्टरनेट सेवा प्रदायकहरुले प्रदान गर्ने इन्टरनेट सेवामा देशभर नै समस्या आएको छ । यसको मार देशभरका इन्टरनेट प्रयोगकर्ताले भोग्नु पर्‍यो। आइतबार साँझ ८ बजेदेखि देशभरका विभिन्न इन्टरनेट सेवा प्रदायकको इन्टरनेटमा समस्या देखिएको इन्टरनेट सेवा प्रदायक संघ (आइएसपान)का अध्यक्ष सुधीर पराजुलीले जानकारी दिए । आज साँझ ८ बजेदेखि देशभरका इन्टरनेटमा समस्या आएको हो। किनकी भारतीय इन्टरनेट कम्पनी एयरटेल २ घण्टादेखि डाउन भयो। उनका अनुसार इन्टरनेट प्रयोगकर्ताहरुले वर्ल्डलिंक,सीजी, डिसहोम, सुबिसु, भायनेटलगायतका सेवामा समस्या देखिएको गुनासो गरिरहे । उनले गुनासो गर्दै भने, ‘ हामीले सरकारले पटक-पटक भनेका थियौ, आग्रह गरेका थियौं। तर दुई वर्ष भइसक्यो। भारतीय कम्पनी एयरटेलको इन्टरनेट ब्याण्डविथ बापतको करिब ६ अर्ब बढी रुपैयाँ तिरेका छैन। त्यसकारण रिसले उसले( एयरटेल) नेपालको इन्टरनेट जतिबेला मन लाग्यो, त्यतिबेला काटिदियो। यसमा हामीले केही भन्नै सकेका छैनौ। आइस्पानका अध्यक्ष पराजुलीले नेपाल ब्याण्डविथ खरिद गर्दा तिर्नुपर्ने पैसा पठाउन ताकेता पत्र पटक-पटक आइसकेको पनि सुनाए । ‘भारतीय कम्पनीबाट खरिद गरेको पैसा पठाउन ताकेता पत्र धेरै पटक आइसकेको छ। तर, सरकारले सिफारिस नदिँदा उक्त पैसा बैंकमा अड्किएर बसेको छ। अब हुने इन्टरनेट बन्दको जिम्मा सरकारले लिनुपर्ने आइस्पानको भनाइ छ। उनले भने, ‘हामीलाई आयकर, रोयल्टीलगायतका करमाथि कर थोपर्ने अनि पैसा पठाउन विदेशी मुद्राको पनि सिफारिस नगर्दा दोधारमा छौं । यसको जिम्मा अब सरकारले लिनुपर्छ ।साभार : अखप 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार