काठमाडौँ – चालु आर्थिक वर्षको सात महिना (माघ मसान्तसम्म) मा यातायात व्यवस्था विभागले डेढ लाख सवारी लाइसेन्स छापेको छ । यो अवधिमा एक लाख ६९ हजार ४ सय ३९ थान लाइसेन्स (स्मार्ट कार्ड) प्रिन्ट गरी वितरण गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । हाल विभागले अत्यावश्यक सवारी लाइसेन्स छपाइ गरिरहेको जनाएको छ । पछिल्लो समय करिब २२ लाख थान स्मार्ट सवारी लाइसेन्स छापेर वितरण गर्न बाँकी रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले जानकारी दिएका हुन् । यातायात व्यवस्था विभागले २०८० असारदेखि सवारी लाइसेन्स छपाइ बन्द गरेको थियो । करिब सात महिना बन्द भएपछि ६ लाख थान लाइसेन्स छाप्ने कार्ड आयात भएको थियो । उक्त अवधिमा छाप्नुपर्ने १४ लाख थान सवारी लाइसेन्स थुप्रिसकेका थिए । यसका लागि थप ६ लाख थान कार्ड तीन महिनाभित्र आयात हुने र पुनः १५ लाख थान कार्ड र एउटा छपाइ मेसिन खरिदका लागि टेन्डर गरिएको विभागले जनाएको थियो ।
प्रविधिअनुसार पुगेन क्षमता:
उक्त लाइसेन्स छपाइ हुन नसक्नुको प्रमुख कारण प्रविधिअनुसार क्षमता नपुग्नु रहेको सचिव शर्मा बताउँछन् । लाइसेन्स छपाइको विषयमा प्रविधि हाम्रो क्षमता पछाडि भएछ । बढी सेक्योर प्रविधि भनेर जुन प्रविधि ल्यायौँ, त्योअनुसार क्षमता भएन,’ उनले भने, ‘त्यो कार्ड पनि आफ्नो देशमा उत्पादन हुँदैन । त्यसको मेसिन पनि उत्पादन हुँदैन र त्यो सफ्टवेयर पनि बनाउन नसक्ने हुँदा बाहिरको भर पर्नुपर्यो । हालको प्रविधिअनुसार स्मार्ट लाइसेन्स छपाइका लागि उपकरण खरिद गर्न गत वर्ष ठेक्का गरे पनि त्यो ठेक्का नलागेपछि पुनः यो वर्ष पनि आह्वान गरिएको उनले जानकारी दिए । २०८० माघमा १५ लाख प्रतिकार्ड र एउटा स्मार्ट लाइसेन्स छपाइ मेसिन खरिदका लागि टेन्डर गरिएको थियो । तर, त्यो टेन्डर नै लागेन । चिप्ससहित स्मार्ट लाइसेन्स छपाइ गर्ने भनिए पनि त्यस्तो स्थति सचिव शर्मा बताउँछन् । यसपछि क्युआर कोड भएको स्मार्ट लाइसेन्स छाप्ने र नागरिक एपमा राख्ने कार्य विकल्पका रूपमा अघि बढाइएको उनले बताए । अब यी नै प्रविधिमार्फत स्मार्ट लाइसेन्स छपाइ प्रक्रिया अघि बढ्न थालिसकेको सचिव शर्माले जानकाकारी दिए । नागरिक एप र क्युआर कोड राख्ने प्रविधिमा गइसक्यो । त्यसैअनुसार अनुसूचीहरू बनिसकेका छन् । छपाइ कम छ, तर ट्रायल पास हुनेको संख्या बढी छ,’ उनले भने, ‘त्यसले यसलाई मेन्टेन गर्न प्रदेशसँग समन्वय गरेको हो । सफ्टवेयर बनाउने काम पनि धेरै अगाडि गइसकेको उनले बताए ।साभार : रापा












