क्यान्टिन र स्टेसनरीमा एनओसी घुस डिल…..

काठमाडौं –     सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमति शाखा नजिकै छ, क्यान्टिन । चिया-खाजा खुवाउने यो क्यान्टिन घुस खाने/खुवाउने अखडा बनेको तथ्य फेला परेको छ । क्यान्टिनसँगै स्टेस्नरीमा समेत घुसको डिल हुने गरेको पाइएको छ । गत २०८० फागुनको कुरा हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा एउटा भिडियो आइपुग्यो । जुन भिडियोमा एनओसीको लागि बार्गेनिङ भइरहेको थियो । बार्गेनिङ भइरहेको स्थान थियो, एनओसी शाखा वरिपरि रहेको स्टेसनरी । एनओसी बनाउन के गर्नुपर्छ ?,’ ती सेवाग्राहीले स्टेसनरीमा सोध्छन् । ‘१० हजार दिनुहोस्, आजको आजै बन्छ,’ स्टेसनरी सञ्चालकले भन्छन् । यसरी १० हजारबाट बार्गेनिङ गरेर ५ हजारमा झरेको वार्तालाप सहितको भिडियो शिक्षा मन्त्रालयमा आइपुग्छ । एनओसी शाखाकै एक कर्मचारीका अनुसार स्टेसनरीभन्दा बढी क्यान्टिमा बार्गेनिङ हुने गरेको छ । ‘एनओसी बनाउन पुगेका विद्यार्थी क्यान्टिनमा पुग्छन् । कतिपय त सिधै क्यान्टिन सञ्चालकसँग फोन सम्पर्क गरेर एनओसी बनाउन आउँछन्,’ मन्त्रालयका एक अधिकारीले भने । गैरकानुनी काममा क्यान्टिन सञ्चालकसेमत संलग्न हुने गरेको स्वयं कर्मचरीहरू बताउँछन् । ‘क्यान्टिन सञ्चालक कहिले आफन्तको हो । कहिले कसको हो भनेर निवेदन ल्याउनुहुन्छ,’ एनओसी शाखा स्रोतले भन्यो, ‘क्यान्टिन सञ्चालकले कति रकम उठाउँछन् त्यो त थाहा भएन । कर्मचारीभन्दा बाहिरी बिचौलिया धेरै छन् । बिचौलियाले उठाउँछन् । हामीलाई फसाइयो नि ।’ ती कर्मचारीले भनेको बिचौलिया कन्सल्टेन्सी सञ्चालक र क्यान्टिन हो ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार