प्रचण्डको विकल्पमा उभिएनन् माओवादी नेताहरू…..

काठमाडौं –      नेकपा माओवादी केन्द्रका नेताहरूले पार्टी उपमहासचिव जनार्दन शर्माले आत्मालोचना गर्नुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबारदेखि जारी बैठकमा बोल्ने २५ नेताहरूले उपमहासचिव शर्माले आन्तरिक असमझदारीका कुरा बाहिर बोल्दै हिँडेको भन्दै आत्मालोचना गर्नुपर्ने माग गरेका हुन् । शनिबारको बैठकमा पाँच जना पदाधिकारी, अनुशासन आयोगका अध्यक्ष, १९ जना स्थायी कमिटी सदस्यसहित २५ जनाले धारणा राखेका छन् । जसमध्ये अधिकांशले उपमहासचिव शर्माको पछिल्लो अभिव्यक्तिको आलोचना गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प खोज्ने बेला नभएको मत राखेका छन् । यसअघि उपमहासचिव शर्माकै पक्षमा मत राख्दै आएकाहरूले समेत यसपटक आलोचना गरेका स्रोतले अनलाइनखबरलाई बतायो । यसअघि जनार्दन शर्माकै पक्षका भनिएका स्थायी कमिटी सदस्यहरूले पनि उहाँको अभिव्यक्तिको आलोचना गर्नुभयो, पार्टीभित्रको आन्तरिक मनमुटावलाई बाहिरी फोरममा बोलेर गल्ती गरेको भनेर आत्मालोचना गर्नुपर्ने मत राख्नुभयो’, स्रोतले भन्यो । प्रतिगमन, प्रतिगामीविरुद्ध बोल्नुपर्ने बेला बाहिर नेतृत्वको आलोचना गर्दै हिँड्न नहुने भन्दै बैठकमा धारणा राख्ने पदाधिकारी र स्थायी कमिटी सदस्यहरू उपमहासचिव शर्मामाथि खनिएका थिए । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसको सन्दर्भमा साउन ६ गते काठमाडौंमा भएको एक कार्यक्रममा उपमहासचिव शर्माले नेपालका कम्युनिष्ट नेताहरूले असुली धन्दा चलाएको टिप्पणी गरेका थिए । मनमोहन अधिकारीबाहेक नेपालका बाँकी कम्युनिष्ट नेताले असुली धन्दा चलाइरहेको भनेपछि पार्टी भित्रैबाट शर्माको आलोचना भइरहेको छ । स्रोतका अनुसार शुक्रबारको बैठकमा उपमहासचिव शर्माले आफूले एमालेका नेताहरूलाई लक्षित गर्दै उक्त अभिव्यक्ति दिएको भन्दै बचाउ गरेका छन् । ‘मैले अध्यक्ष प्रचण्डलाई भनेको होइन, मैले त्यो कुरा एमालेका नेताहरूलाई लक्षित गर्दै भनेको हुँ’, उपमहासचिव शर्माको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी ती नेताले भने । यसअघिका बैठकमा प्रचण्डको कार्यशैलीप्रति असन्तुष्टि राख्दै आएका स्थायी कमिटी सदस्य खगराज भट्ट समेत जनार्दनको विपक्षमा उभिएका छन् । उनले नेतृत्वको विकल्प खोज्ने बेला नभएको भन्दै उपमहासचिव शर्माले आत्मालोचना गर्नुपर्ने बताए । ‘वैचारिक, राजनीतिक, सांस्कृतिक, सांगठनिक रुपमा पनि प्रचण्डको विकल्प खोज्ने बेला भएको छैन।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार