रसुवागढी सडक १३ दिनदेखि ठप्प…..

काठमाडौँ –   बाढीले पुनः क्षति गरेको स्याफ्रुबेसी–रसुवागढी सडक १३ दिनदेखि ठप्प छ । चीनतर्फबाट भोटेकोसीमा आएको बाढीले बिगारेको यो सडक पुनर्निर्माण सम्पन्न गर्न अझै दुई साता लाग्ने देखिएको छ । सडकको विभिन्न खण्डमा बाढीले ठुलै क्षति गरेकाले तत्काल पुनर्निर्माण गरी सञ्चालनमा ल्याउन नसकिने देखिएको स्याफ्रुबेंसी–रसुवागढी सडक आयोजनाले जनाएको छ । आयोजनाका अनुसार यही साउन १४ गते चीनबाट दोस्रो पटक भोटेकोशीमा आएको बाढीले पहिलेभन्दा धेरै क्षति गरेको छ । करिब दुई किलोमिटर सडकमा क्षति पुगेको छ । गत असार २४ गते आएको बाढीले उक्त सडक १.१ किलोमिटरमा क्षति पुगेको थियो । १३ दिनको मर्मतपछि साउन ४ गतेदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको थियो । पूरै सडक नदीले कटान गरेकाले मर्मत गर्न कठिन भइरहेको आयोजनाका सब–इन्जिनियर रुपनारायण पौडेलले बताए ।  पूरै बाटो नदीले कटान गरेकाले ट्रयाक नै छैन । धेरैजसो ठाउँमा हिँड्न नि अप्ठेरो छ । ट्रयाक नै खन्नुपर्ने हुन्छ, खोँच धेरै गहिरो भएकाले वालहरू लगाउन पनि सम्भव छैन । बाटो धेरै ठाउँमा भत्किएको अवस्था छ,’ उनले भने, ‘अब बढीमा दुई हप्तासम्ममा खुलाउन सकिन्छ कि भन्ने हाम्रो अनुमान छ । तर त्योभन्दा पहिला नि हुन सक्छ । यो सडक खुलाउन एक्स्काभेटरलगायत तीन वटा उपकरण परिचालन भइरहेको छ । बाढी आउनुअघि टिमुरे नाका साइडबाटै मर्मत भइरहेको छ । उपकरणमा आवश्यक इन्धन स्याफ्रुबेंसी साइडतिरबाट लैजानुपर्ने भएकाले पुनर्निर्माणमा ढिलाइ भइरहेको उनको भनाइ छ । मलाङ मुलुङको करिब १००–१५० मिटर खण्डमा कडा खालका चट्टान पर्छन् । टिमुरे बजारभन्दा माथि स्याफ्रुबेंसीं साइडतिर पनि १००–१५० मिटर सडकमा क्षति पुगेको छ । यता घट्टे खोलाकै नजिकै पनि ठाउँठाउँमा सडक त्यस्तै छ । तातोपानी डाँडा, फ्युङलुङ र लिङलिङ भन्ने ठाउँमा नदीले सडक कटान गरेको छ । बाढी आउनुअघि एक्स्काभेटरलगायत उपकरण टिमुरे नाकामा थिए । अहिले सडकमा क्षति पुगेपछि साइडतिरबाट बाटो खुलाउँदै आइराखेकै छौँ, बोकेर इन्धन ल्याउँदा ढिलाइ भइरहेको छ,’ पौडेलले भने । उनका अनुसार मलाङ मुलुङ, घट्टेखोला, तोतोपानी डाँडा र फ्युङलुङलगायत स्थानका सडक नदीले कटान गरेकाले मर्मतमा कठिनाइ भइरहेको छ । मलाङ मुलुङको करिब १००–१५० मिटर खण्डमा कडा खालका चट्टान पर्छन् । टिमुरे बजारभन्दा माथि स्याफ्रुबेंसीं साइडतिर पनि १००–१५० मिटर सडकमा क्षति पुगेको छ । यता घट्टे खोलाकै नजिकै पनि ठाउँठाउँमा सडक त्यस्तै छ । तातोपानी डाँडा, फ्युङलुङ र लिङलिङ भन्ने ठाउँमा नदीले सडक कटान गरेको छ । यी खण्डमा हिँड्न मात्र मिल्छ, गाडीहरू जान सक्दैनन्,’ पौडेलले भने, ‘एक हप्तामा आधाभन्दा बढी खुल्छ । एक–दुई ठाउँको अलिक जटिल भएकाले त्यसलाई अलिकति टाइम लाग्छ भन्ने मात्रै कुरा हो । अब धेरैजसो खण्ड एक हप्तामा बन्ने र मोटरसाइकलहरू लैजान मिल्ने उनले बताए । भने, ‘गाडीहरू पास गर्न १० दिन जति लाग्छ ।’ मर्मतको काम छिटो गर्न नसके पनि काम भने नियमित भइरहेको उनको भनाइ छ ।साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार