प्रदर्शनपछि जेनजीले मनाउन थाले विजय उत्सव…..

काठमाडौं –     सोमबार र मंगलबार दिनभर उग्र प्रदर्शन गरेका जेनजी प्रदर्शनकारीहरूले अहिले विजय उत्सव मनाउन थालेका छन् । सामाजिक सञ्जाल बन्दको विरोधमा सुरु गरिएको प्रदर्शन हिंसात्मक बनेपछि सोमबार १९ जनाको मृत्यु भएको थियो । त्यसपछि झनै आक्रोशित भएका जेनजी युवाहरू आज पनि प्रदर्शनमा उत्रिएका थिए । सरकारले लगाएको कर्फ्यू आदेशको वास्तै नगरी अघि बढेका उनीहरूले सिंहदरबारसहित देशका प्रमुख प्रशासनिक कार्यालयमा आगजनी र तोडफोड गरेका छन् । अहिले पनि कतिपय ठाउँमा प्रदर्शन रोकिएको छैन ।

जेनजी प्रदर्शनकारीहरुले रवि लामिछानेलाई जेलबाट निकाले:

जेनजी प्रदर्शनकारीहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार मुक्त गराएका छन् । प्रदर्शनकारीहरुले ललितपुरस्थित नख्खु कारागारमा पुगेर दबाव बढाएपछि रविलाई थुनामुक्त गर्न कारागार प्रशासनबाट सहजीकरण गरिएको प्रहरीका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । मंगलबार उनले भने, ‘रविलाई अहिले थुनमुक्त गरिएको छ ।’साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार