काठमाडौँ – गत भदौ २३ र २४ गते भएको दुई दिने जेनजी आन्दोलनमा काठमाडौँ महानगरको वडा कार्यालयहरूले क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरेको छ । यद्यपि सङ्कलन गरेको विवरण हालसम्म सार्वजनिक भने गरेको छैन । रातोपाटीलाई प्राप्त सूचनाको आधारका वडागत क्षतिको प्रारम्भिक विवरण यस्तो छ:
वडा नम्बर १:
हिल्टन होटल
दरबारमार्ग प्रहरी वृत्त
सङ्घीय सांसद गगनकुमार थापाको सम्पर्क कार्यालय
वडा नम्बर २:
विवरण आउन बाँकी
वडा नम्बर ३:
राष्ट्रपति भवन, शीतल निवास
भाटभटेनी सुपर मार्केट, महाराजगन्ज
प्रहरी वृत्त, महाराजगन्ज
यूलेन्स स्कुल, महाराजगन्ज
काँग्रेस नेता प्रकाशशरण महतको निवास
किर्लिंग टावर प्रहरी बिट
वडा नम्बर ४:
प्रधानमन्त्री निवास, बालुवाटार
बडम्बास होटल
धुम्बाराही कैलाश सिरोहियाको घर
सिजी शोरुम
उपेन्द्र महतोको घर
सुकेधारा प्रहरी बिट
बालुवाटार प्रहरी बिट
वडा नम्बर ५:
भाटभटेनी सुपर मार्केट
रेल विभाग
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
जेभियर कलेज
योगना पोखरी प्रहरी बिट
वडा नम्बर ६:
वडा कार्यालय तोडफोड
बौद्ध प्रहरी वृत्त
पर्यटन सूचनालय
वृक्ष बिरुवा
वडा नम्बर ७:
वडा कार्यालयमा सामान्य तोडफोड
थप विवरण आउन बाँकी
वडा नम्बर ८:
गोशाला प्रहरी वृत्तको ट्रस्ट (पूर्ण क्षति भएको बताइएको)
पशुपति क्षेत्र विकास कोषको आठ वटा संरचनामा क्षति
गोशाला धर्मशालाका सटरहरू
ट्राफिक सङ्केत बोर्ड, सिसी क्यामेरा, सोलारबत्ती
तीन वटा स्थानमा रहेको आन्तरिक राजस्व कार्यालय
पञ्चकन्या टोलमा रहेको यातायात व्यवस्था कार्यालयको निजी व्यावसायिक भवन
वडा नम्बर ९:
मारवाडी परिषद्
एउटा ट्रकमा आगजनी
वडा नम्बर १०:
कुनै क्षति नभएको (सूचना आएको छैन)
वडा नम्बर ११:
जिल्ला अदालत
विशेष अदालत
वन तथा भू–संरक्षण विभाग
सडक विभाग
सहरी विकास तथा भवन निर्माण विभाग
जिल्ला सरकारी वकिलको कार्यालय
सेन्ट्रल बिजनेस पार्क ९कान्तिपुर पब्लिकेसन०
सिजी शोरुम
हुन्डाई शोरुम
टाटा शोरुम
उद्योग विभाग
साना तथा घरेलु उद्योग कार्यालय
सवारी साधन, पहिलो मार्ग ट्राफिक आइल्यान्डमा क्षति
वडा नम्बर १२:
नेपाल आयल निगम (टेकुतिर)
उपत्यका अपराध अनुसन्धान कार्यालय
प्रहरी बिटमा क्षति
वडा नम्बर १३:
वडा कार्यालय भवनमा क्षति
सागल बिट
बाफल प्रहरी बिट
कमलादी प्रहरी वृत्त
दुई वटा कार र ६ वटा मोटरसाइकलमा क्षति
वडा नम्बर १४:
वडा कार्यालयमा आंशिक क्षति
मालपोत कार्यालय, कलङ्की
प्रहरी प्रभाग, कलङ्की
ट्राफिक प्रहरी प्रभाग, कलङ्की
एमाले नेता युवराज ज्ञवालीको निवास
महेश बर्तौला (एमाले नेता) को निवास
नेता कृष्णगोपाल श्रेष्ठको निवास
व्यवसायी विनोद चौधरीको निवास
पूर्व सचिव विश्वप्रकाश पण्डितको निवास
सहसचिव गणेश्वर अर्यालको निवास
भाटभटेनी, कलङ्की
केएफसी, कलङ्की
कलङ्की चोक, बल्खु मन्दिरमा क्षति
वडा नम्बर १५:
चक्रपथ खण्ड, बल्खु चोक, कुलेश्वर पुल, कुलेश्वर गणेश मन्दिरमा क्षति
अर्किट कालोनीमा सरकारी दुई वटा गाडी
कलङ्कीमा एउटा सरकारी गाडी
दुई वटा मोटरसाइकल
वडा कार्यालय भवनमा डुङ्गाले हानेर झ्यालका सिसा फुटेको
वडा भित्रको राष्ट्रिय परिचय पत्र कक्ष
बैङ्कमा तोडफोड
प्रहरी वृत्त स्वयम्भू, प्रहरी वित्तमा क्षय क्षति
पूर्व प्रधानमन्त्री झलनाथ खनालको घर
रघुजी पन्तको घरमा आगजनी
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको घरमा तोडफोड
पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको घरमा आगलागी
पूर्व मन्त्री जीवनराम श्रेष्ठको दुई वटा भवनमा तोडफोड
वडाबाट २५ वटा मोटरसाइकल चोरी
३५ वटा मोटरसाइकल
सात वटा कारमा आगलागी
वडा नम्बर १६:
केन्द्रीय मत्स्य पालन केन्द्र
बालाजु प्रहरी वृत्त
गुणस्तर तथा नापतौल विभाग
महानगरीय प्रहरी वृत्त, सोह्खुट्टे
राष्ट्रपति निवास, बोहोराटार
भाटभटेनी बालाजु
च मती प्रहरी बिट
बालाजु प्रहरी वृत्त
वनस्थली प्रहरी बिट
वडा नम्बर १७:
दुई वटा प्रहरी बिटमा क्षति
नेकपा माओवादी नेता नारायणकाजी श्रेष्ठको भाइको घरमा क्षति
वडा नम्बर १८:
महानगरपालिकाका पूर्व उपप्रमुख स्वर्गीय नविन्द्रराज जोशीको घरमा आंशिक क्षति
वडा १९ नम्बर
विवरण आउन बाँकी
वडा नम्बर २०
परोपकार (भीमसेन स्थानतिर)
रामघाट पार्कमा आंशिक क्षति
प्रहरी बिटमा पूर्ण क्षति
वडा नम्बर २१:
उल्लेख्य क्षति विवरण प्राप्त भएको छैन
वडा नम्बर २२:
नेपाल प्रहरी बिटमा क्षति
वडा नम्बर २३:
विवरण आउन बाँकी
वडा नम्बर २४:
विशाल बजार जनसेवा प्रहरी वृत्त
विशाल बजारका दुई वटा भवन
तीन वटा सवारी साधन क्षति
वडा नम्बर २५:
विवरण आउन बाँकी (खासै क्षति छैन ) ।
वडा नम्बर २६:
ल्होत्से मल (बसपार्क पट्टि)
वडा नम्बर २७:
नेपाल प्रहरीको साइबर ब्युरो
प्रहरी बिटमा क्षति (भोटाहिटि तिर)
वडा नम्बर २८:
उपत्यका ट्राफिक प्रहरी कार्यालय (रामशाहपथ)
वडा नम्बर २९:
अनामनगरमा
सर्वोच्च अदालत
महान्यायाधिवक्ताको कार्यालय
बार एसोसिएसन
सिंहदरबार
महानगरीय प्रहरी वृत्त, सिंहदरबार
अख्तियार प्रमुख प्रेम राईको घरमा आगजनी र तोडफोड
ट्राफिक आइल्यान्ड, पुतली मार्गमा रहेको प्रहरी बिटमा आगजनी
वडा नम्बर ३०:
कालोपुलमा रहेको प्रहरी बिट (ज्ञानेश्वर तिर)
डिल्ली बजार कारागार
सांसद गगनकुमार थापाको निवास
नेपाली काँग्रेसको पार्टी कार्यालय
सुवेन्द्र भवनमा क्षति
वडा नम्बर ३१:
सङ्घीय संसद् भवन
राष्ट्रिय वाणिज्य बैङ्क
यातायात व्यवस्था कार्यालयमा पूर्ण क्षति
वडा कार्यालयमा एउटारदुईवटा ढुङ्गा लागेको
महानगर प्रहरी बलको कार्यालय मिनभवनमा आगजनी, तोडफोड
महानगर प्रहरीले प्रयोग गर्ने तीन वटा सवारी साधन
वडा नम्बर ३२:
१३ वटा झ्यालका सिसा वडा कार्यालय भवनको फुटेको
तीन वटा ढोका, ६ वटा सिसी क्यामेरा, ५ वटा टेबल, १३ वटा कुर्सी, ४ वटा प्रिन्टरमा क्षति
नरेफाँट प्रहरी चौकी ।साभार : रापा












