जेनजी र अनेरास्ववियु आमनेसामने…..

काठमाडौं –     पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग लिएर जेनजीको एउटा समूह उग्र बनेपछि त्यसको प्रतिवादमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु फ्रन्टलाइनमा उत्रेको छ । अनेरास्ववियुले जेनजी आन्दोलनका भित्री योजनाकार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र सडक प्रदर्शनमा अग्रभागमा देखिने हामी नेपालका सुदन गुरुङविरुद्ध प्रहरीमा जाहेरी लिएर गएको छ । सुदन गुरुङ नेतृत्वको समूहले ओली र लेखक विरुद्धको जाहेरी लिन काठमाडौं प्रहरी परिसरमा दबाब दिएको थियो । उक्त दबाबपछि काठमाडौं प्रहरी परिसरले जाहेरी लिएर गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाइदिएको छ । यता अनेरास्ववियुले दिएको निवेदनको भने फोटोकपी मात्र लिएर यसबारेमा २४ घण्टाभित्र जवाफ दिने भनेको छ । मंगलबारका यी दुई घटनाले जेनजी र एमालेबीच यसअघि सामाजिक सञ्जालमा मात्र देखिएको एकअर्काविरुद्धको आरोप प्रत्यारोप अब विभिन्न मुद्दा र सडक प्रदर्शनमा समेत प्रकट हुने संकेत देखिएको छ । अनेरास्ववियुका नेताहरूले मंगलबार प्रहरी परिसर पुग्दा आफ्ना कार्यकार्तासहित गएका थिए । अब यस्ता जाहेरी उजुरी हरेक जिल्लामा लैजाने उनीहरूको भनाइले एकाअरुकाविरुद्धको अभियान सडकमा प्रकट हुने जोखिम बढेको छ । विशेषगरी सोमबार दिउँसोबाट एकाएक सामाजिक सञ्जालमा जेनजी प्रतिनिधिहरूले एकाएक ‘एरेस्ट ओली, एरेस्ट रमेश लेखक’ अभियान चलाए । यो ह्यासट्याग अभियान यति छिटो फैलियो कि, अधिकांशले त्यसमा सहभागी भए । आफ्ना सञ्जालबाट पोस्ट गरे ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार