रामकुमारी र किसानसहितका नेता नि:सर्त एमालेमा फर्किने…..

काठमाडौं –      नेकपा एकीकृत समाजवादी पार्टीका असन्तुष्ट रहेका रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतका नेताहरु विनासर्त एमाले फर्किने भएका छन् । उनीहरुले त्यसका लागि एकीकृत समाजवादीका असन्तुष्ट नेताहरुलाई गोलबद्ध गरी एमाले फर्किन आह्वानका लागि बुधबार पत्रकार सम्मेलन गर्न लागेका छन् । बुधबार दिउँसो माओवादी र एकीकृत समाजवादी लगायतका दलको एकताको औपचारिक घोषणाका लागि राष्ट्रिय सम्मेलन हुँदैछ । त्यो सम्मेलन अघि नै झाँक्री लगायतका नेताहरुले एमालेमा जाने आह्वानसहितको घोषणा गर्नेछन् । हामी निसर्त एमालेमा फर्किनेहरूका लागि भोलि आफ्नै धारणा सार्वजनिक गर्छौं,’ निवर्तमान सांसद समेत रहेका नेता किसान श्रेष्ठले अनलाइनखबरसँग भने, ‘देशैभरका नेता कार्यकर्तालई गोलबद्ध गरेर हामी केही दिनपछि एमालेमा जान्छौं । रामकुमारी झाँक्री, किसान श्रेष्ठ, अम्बरबहादुर थापा, गम्भीरलाल श्रेष्ठ, पीताम्बर तिम्सिना, अर्जुन राई लगायतका नेताहरु एमाले फर्किन लागेका छन् । नेता श्रेष्ठका अनुसार एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल नै पनि एमाले फर्किने सम्भावना छ । खनालले बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । झलनाथ खनालको पनि कुरा भइरहेको छ । कुरा मिल्यो भने उहाँ सहित नै केही दिनमा हामी एमाले जानसक्छौं,’ श्रेष्ठले भने । एमाले अध्यक्ष ओली निकट पोलिटब्यूरो सदस्य महेश बस्नेतले ओलीले खनालबीच वार्ता भएको र वार्ता सकारात्मक रहेको उल्लेख गरेका छन् । झलनाथ खनाललाई साथ दिएका नेता घनश्याम भूसाल विप्लव, जनार्दन शर्मा लगायतका नेताहरुसँगको मोर्चाबन्दीमा जाने भएपछि खनाल एमालेमा जानेबारे छलफल गरेका हुन् । नेता श्रेष्ठले अध्यक्ष भइसकेको नेताले सम्मानजनक ठाउँ पाएको अवस्थामा उनकै नेतृत्वमा ठूलो समूह जानसक्ने बताए । अहिले एकीकृत समाजवादीमा असन्तुष्ट समूहमा रहेका राष्ट्रिय सभाका सांसद, प्रदेश सभाका सांसद र स्थानीय तहका जनप्रतिनिधिहरुको पद एमालेमा गए के हुन्छ भन्नेबारे पनि कानुनी परामर्श चलिरहेको नेता श्रेष्ठले जानकारी दिए ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार