एमालेका प्रतिनिधिलाई खान बस्नकै पीर…..

काठमाडौं –      एमाले महाधिवेशनको प्रतिनिधि बनेर आएका बाँकेका मानबहादुर रुचाल ठकुरी सुन्धाराको होटलमा बसिरहेका छन् । तीन दिनअघि काठमाडौं आएका उनले आफ्नै खर्चमा गाँसबासको व्यवस्था गरेका छन् । होटलमा बसेको छु । एक दिनको कोठा भाडा १ हजार छ । खाना सहितको गरेर दिनको २ हजार जति खर्च हुने रहेछ,’ बुधबार च्यासल पार्टी कार्यालयमा पुगेका उनले भने, ‘आफ्नो व्यवस्थापन आफैंले गरेको छु । उनका अनुसार बाँकेबाट २६ जना प्रतिनिधि छन् । ‘कोही आइसके । कोही आउने क्रममा छन् । सबैले आफ्नो ढंगले व्यवस्थापन गर्ने हो । एमालेले महाधिवेशन प्रतिनिधिले खाने बस्ने व्यवस्थापन आफैंले गर्नुपर्ने निर्णय गरेको छ । त्यसैले प्रतिनिधिहरूले आफ्नो व्यवस्थापन आफैंले गरिरहेका हुन् । एमाले सचिव छविलाल विश्वकर्मा प्रतनिधिलाई आफन्त वा साथी भाइकोमा राख्ने तय भएको बताउँछन् । प्रतिनिधिको आवासको बन्दोबस्त आम रुपमा गरिएको छैन । काठमाडौंमा कोही न कोही आफन्त हुन्छ । छोराछोरी आफन्त हुनेले स्वयंले व्यवस्थापन गर्ने हो,’ सचिव विश्वकर्माले भने, ‘कसैको कोही पनि नुहने वा अफ्ठ्यारोमा परेकालाई साथीभाइकोमा राख्ने भनिएको छ । सचिव विश्वकर्माका अनुसार अफ्ठ्यारोमा परेका प्रतिनिधिले जिल्ला अध्यक्ष वा प्रदेश अध्यक्षलाई भन्नु पर्ने हुन्छ । ‘प्रदेश र जिल्ला अध्यक्षलाई भनेपछि उहाँले सम्बन्धित जिल्ला सम्पर्क मञ्चलाई भन्नु हुनेछ । त्यसपछि असहज भएका प्रतिनिधिलाई राख्ने काम सम्पर्क मञ्चले गर्ने छ । प्रतनिधिहरू धमाधम जिल्लाबाट काठमाडौं आइरहेका छन् । र, आएकाहरू नेता भेट्न च्यासल पुगिरहेका छन् । त्यहाँ पुगेका प्रतिनिधिहरू कहाँ बस्ने के गर्ने भन्ने अन्योलमा देखिए । रौतहटबाट बुधबार काठमाडौं आएकी बिना साह आफन्तको घरमा बसिरहेका छिन् । तर, भोलि सबै प्रतिनिधिहरू काठमाडौं आइपुग्दै छन् । कहाँ कुन होटलमा बस्ने भनेर काठमाडौं आउन लागेका प्रतिनिधिसँग फोनमा कुरा गरिरहेकी थिइन् । म आफन्तकोमा बसेको छु । भोलि सबै प्रतिनिधि आइपुग्छन् । साथीहरूलाई कहाँ कुन होटलमा राख्ने भनेर छलफल गरिरहेको छु,’ उनले भनिन्, ‘साथीहरू आएपछि म पनि होटलमै बस्छु । बाजुराबाट १६ जना प्रतिनिधि काठमाडौं आइपुगेका छन् । कोही आफन्तकोमा कोही होटलमा बसेका छन् । ‘जिल्लाबाट सबै प्रतिनिधि आइपुगेका छौँ । अहिलेसम्म आफैंले मिलाएर बसेका छौँ,’ बाजुरा जिल्ला कमिटी सचिव काशी विकले भने । बन्दसत्र सुरु भएपछि भने पार्टीले नै खानाको व्यवस्था गर्ने आशा प्रतिनिधिको छ । ‘बन्दसत्र सुरु भएपछि खानाको व्यवस्था आयोजकले गर्ला कि । तर नेता चुन्न र चुनिन आएका हौँ । कसैले बसाउला भात खुवाला भनेर आएको होइन,’ उनले भने, ‘प्रतनिधिहरू अलपत्र हुदैनन् भन्ने विश्वास छ । प्रतिनिधि चयन चुनिएपछि प्रतिनिधि शुल्क २ हजार पार्टीको खातामा हालेका छन् । तर गास बासको व्यवस्था आफैंले गर्नुपर्ने बाध्यतामा प्रतनिधि छन् । डोटीबाट १० जना प्रतिनिधिको टोली काठमाडौं आइपुगेको छ । सबै होटलमा बसेका छन् । ‘महाधिवेशन सफल बनाउन व्यक्तिगत खर्चमा आएका हौँ,’ डोटी जिल्ला अध्यक्ष मञ्जु मलासीले भनिन् ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार