कठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले सरकारले निर्वानलाई नै अर्जुन दृष्टि बनाएको बताएकी छन् । जेनजी आन्दोलनपछि सरकार गठन भएको १०० दिन पुगेको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यो सरकारले सुशासन र निर्वाचनलाई अर्जुन दृष्टि बनाएको बताएकी हुन् । जेनजी आन्दोलनको भावनाअनुसार यो सरकारले सुशासन र निर्वाचनलाई नै अर्जुन दृष्टि बनाएको छ’, उनले भनेकी छन्, ‘ म सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा राष्ट्रिय एकताका लागि आह्वान गर्दछु । चुनावमा कसले जित्छ वा कसले हार्छ, त्यो गौण कुरा हो। हाम्रो लोकतन्त्र र राष्ट्रियताले जित्नु नै सबैभन्दा ठूलो कुरा हो । उनले फागुन २१ गतेको निर्वाचनलाई परिवर्तनको ढोका उघार्ने एक राष्ट्रिय अनुष्ठानका रुपमा सम्पन्न गर्न आग्र गरेकी छन् । उनले भनेकी छन् , ‘राष्ट्रिय एकताको सूत्रमा बाँधिएर देशलाई नयाँ दिशातिर लैजाऔँ। यो निर्वाचनले नेपालको राजनीतिमा एउटा नयाँ, स्वच्छ र सुनौलो अध्यायको सुरुवात गर्नेछ। प्रधानमन्त्री कार्कीले परिवर्तन एकै दिनमा प्राप्त नहुने बताउँदै जेनजी आन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै लैजाने र त्यका लागि धैर्यताको आवश्यकता रहेको बताएकी छन् ।साभार : अखप












