म्याग्दीमा महावीरको चुनौती…..

बेनी –      यही फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनको मिति नजिकिदै गर्दा म्याग्दीका मुख्य प्रतिस्पर्धी दल र उमेद्वारहरु आ–आफ्नै रणनीतिका साथ मतदाता आकर्षित गर्न जुटेका छन् । यसपालि महावीर पुन पनि चुनावी मैदानमा रहेकाले म्याग्दीको प्रतिस्पर्धा रोचक बनेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा एउटा निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला म्याग्दीमा नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (के.बी.), नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापा र स्वतन्त्र उमेद्वार महावीर पुन मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन् । अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको पदबाट मनोनयन दर्ताका दिन राजीनामा दिएर पुर्ख्यौली थलोमा चुनाव लड्न आएका पुनलाई राजनीतिक दलहरुले दावी गर्दै आएको प्रभाव क्षेत्रमा भएको स्वागत सत्कारको दृष्यले तरंगित बनाएको छ । राष्ट्रिय राजनीतिमा सिर्जना भएको फरक परिवेश, नयाँ राजनीतिक शक्तिहरुको उदय, प्रतिस्पर्धी उमेद्वारको प्रभाव तथा सम्बद्ध राजनीतिक दल तथा उमेद्वारहरुको रणनीतिले म्याग्दीको चुनावी परिणामप्रति उत्सुकता सिर्जना भएको बेनीका धनञ्जयकुमार श्रेष्ठ बताउँछन् । विगतका चुनावमा राष्ट्रिय स्तरमा ओझेलमा पर्ने म्याग्दीको चुनावलाई यसपालि रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुनको उमेद्वारीले चर्चामा ल्याएको छ,’ उनले भने, ‘राजनीतिक दलहरुको सांगठनिक आधार र स्वतन्त्र उमेद्वारको प्रभावका कारण यसपालि म्याग्दीको चुनावलाई रोचक बनाएको हो ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार