बूढीगण्डकीमा बाढी, इसिमोडको प्रारम्भिक आकलन के छ ?

काठमाडौं –     अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले गोरखाको चुम्चेत नजिक पहिरोले बूढीगण्डकी नदीको बहाव अस्थायी रूपमा थुनिएपछि त्यसको अवरोध फुटेर विनाशकारी बाढी आएको हुन सक्ने प्रारम्भिक आकलन गरेको छ । इसिमोडले आइतबार बिहान करिब ४ बजे सुरु भएको बाढीको प्रारम्भिक विवरण विश्लेषण गर्दै पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध फुटेको हुन सक्ने जनाएको हो । यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरले पनि नेपाली सेनाको रिपोर्टिङका आधारमा यस्तै अनुमान गरेको थियो । इसिमोडका जलवायु तथा वातावरणीय जोखिमसम्बन्धी रणनीतिक नेतृत्वकर्ता छियाङगङ झाङले पनि आइतबार बूढीगण्डकीमा आएको बाढीको प्रारम्भिक विश्लेषणले पहिरोबाट बनेको अस्थायी अवरोध फुटेर गेग्रानयुक्त बाढी आएको हुनसक्ने देखाएको बताएका छन् ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार