लिग २ क्रिकेटमा नेपालले क्यानडासँग खेल्दै…..

काठमाडौं –     आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलामा नेपालले आज आफ्नो तेस्रो खेलमा क्यानडासँग खेल्दै छ । अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा हुने खेल बिहान सवा ११ बजेदेखि सुरु हुनेछ । नेपालले यसअघि भएका दुवै खेल जितेको थियो । नेपालले पहिलो खेलमा क्यानडा अनि दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो । लिग २ अंकतालिकामा छैटौं स्थानमा रहेको नेपालको ३४ खेलमा २८ अंक छ भने सातौं स्थानमा रहेको क्यानडाको ३५ खेलमा २७ अंक छ । क्यानडाले सुरुमा ओमान र नेपालसँग हार बेहोरेपछि बिहीबार ओमानलाई पराजित गरेको थियो । क्यानडाले ओमानलाई जित्दा नेपालको शीर्ष ६ मा पर्ने सम्भावना अझै पक्का हुन सकेन । आजको खेलमा नेपालले क्यानडालाई जिते नेपालको छैटौं स्थान पक्का हुनेछ । आजको खेलमा नेपाल क्यानडासँग पराजित भएमा छैटौं स्थानमा रहनका लागि अन्तिम खेलमा सोमबार ओमानलाई हराउनुपर्नेछ ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार