१८ वटा मन्त्रालय राख्ने सरकारको निर्णय

काठमाडौ

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ वटा मन्त्रालय रहने निर्णय गरेको छ । राजधानीको वालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले १७ वटा मात्र मन्त्रालय राख्ने निर्णय गरेको जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले जानकारी दिए । उनले भने, ‘नेपाल सरकारको कार्यसम्पादन नियमावलीलाई परिवर्तन गरी मन्त्रालयको संख्या मुलतः १७ र प्रधानमन्त्रीको कार्यलयलाई जोडी १८ बनाउने निर्णय भएको छ।’ केन्द्रमा बढीमा २५ सदस्यीय मन्त्रीमण्डल बनाउन पाउने संवैधानिक ब्यवस्था रहेपनि सरकारले १७ वटा मन्त्रालय र एउटा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय रहने निर्णय गरेको हो । यसअघि ३० वटा मन्त्रालय थिए । मन्त्री पण्डितकाअनुसार, आावश्यक गृहकार्य गरी गाभिने मन्त्रालयबारे टुंगो लगाएर मन्त्रालयको नाम तय गरिनेछ । यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख सल्लाहकारमा बिष्णुप्रसाद रिमाल नियुक्त भएका छन् । बैठकले पोलिट्ब्युरो सदस्य रिमाललाई प्रमुख सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो । रिमालले प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा समेत सल्लाहकारको जिम्मेवारी सम्हालेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार