बैशाख ४, २०७५ बीबीसी,
सिरियामा रासायनिक शतियार हमला भएको सन्दिग्ध स्थानको भ्रमण गर्न बुधबार अन्तर्राष्ट्रिय विज्ञहरूलाई अनुमति दिइने रुसले जनाएको छ। अन्तर्राष्ट्रिय विज्ञ गत शनिबारदेखि सिरियामा भएपनि उनीहरुलाई डुमामा भ्रमण गर्नबाट रोक लगाइएको थियो । ब्रिटेन र संयुक्त राज्य अमेरिकाले मस्को र सिरियाले वास्तविकता लुकाउने प्रयास गरिरहेको र अनुगमनकर्ताहरूलाई सिरियाली सरकारी फौजले डुमामा गराएको हमलाबारे सूचना संकलन गर्नबाट रोकिरहेको आरोप लगाएका छन् । रासायनिक अतियार प्रयोग सम्बन्धी अन्तराष्ट्रिय निगरानी समूहले सिरियाली अधिकारीहरूले उनीहरूकै शब्दमा सुरक्षाको कारण देखाउँदै पहुँच नदिएको बताएको थियो। हमलास्थलमा पाइन सक्ने प्रमाणहरू नष्ट गरिरहेको भन्ने अमेरिकी आरोपलाई अस्वीकार गर्दै रुसले कुनै पनि रासायनिक हतियार हमला नभएको जनाएको छ। बीबीसीको कार्यक्रम हार्ड टकसँगको कुराकानीमा रुसका विदेशमन्त्री सर्गेई लावरोवले भने, ‘म ग्यारेन्टी दिन सक्छु कि रुसले हमलास्थलमा प्रमाणहरु नष्ट गर्ने कुनै पनि क्रियाकलाप गरेको छैन ।’












