काठमाडौँ
पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले डा. गोविन्द केसीको माग पूरा नभए देशमा आगो बल्ने बताएकी छिन्। शनिबार बानेश्वरमा डा. केसीको समर्थनमा आयोजित कोणसभालाई सम्बोधन गर्दै कार्कीले यो सरकार असहिष्णु बनेको बताइन्। वर्तमान सरकारलाई जनताले मत दिएको आफूलाई जानकारी रहेको भन्दै उनले भने, ‘तर, सरकारले पनि जनताले भनेको मान्नुपर्छ ।’ डा. केसीले जनताको भावना बोलेको भन्दै कार्कीले उनका माग पुरा गर्न आग्रह गरिन् । पूर्वप्रधानन्यायाधीश कार्कीले उनले भनिन्, ‘पुरा भएन भने देशमा आगो बल्छ ।’ सत्याग्रही डा. केसीलाई कहिले कांग्रेस त कहिले के भनेर आरोपित गर्ने गरिएको भन्दै उनले असन्तुष्टि जनाइन् । डा. केसी आफ्ना लागि नभई नेपाली जनताका लागि लडेको र उनले अमरत्व प्राप्त गरिसकेको कार्कीले बताइन् । विश्लेषक खगेन्द्र संग्रौलाले देशमा माफियाको अन्त्य हुनुपर्ने बताए। सरकारले समाजवाद भनिरहेको भन्दै माफियाको पक्षमा उभिनु कस्तो समाजवाद हो भनी प्रश्न गरे।