गत सनिवार साझ जोर्डन स्थित कङ्गन रेस्टुरेन्टमा नेपाली अल्ट्रा ट्रैल रेसका धावकहरुलाई हङकङका नेपालीहरुले एक सम्मान कार्यक्रम गर्यो। अक्सफाम हङकङले आयोजना गरेको १०० किलोमिटरको ट्रैलरेसमा बिजय प्राप्त गरेको भोलि पल्ट उक्त सम्मान कार्यक्रम गरिएको हो। सम्मानित हुने धावकहरुको टोलि टिम नेपालमा समीर तामाङ, पुर्ण तामाङ, तिर्थ तामाङ, बेद सुनुवार र उत्तम खत्री रहेका थिए। उक्त कार्यक्रम हङकङ निबासी अल्ट्रा धावक दिनानाथ बगालेको संयोजकत्वमा वि विल राईज फाउन्डेसनले गरेको हो।
उक्त कार्यक्रममा फाउन्डेसनका अध्यक्ष तुल्सि कुमार गुरुङले बधाई तथा शुभकामना मन्तव्य दिएका थिए। कार्यक्रममा नेपाली समाजका अगुवा हेजेन राई, एनआरएन हङकङकि अध्यक्ष टीका गुरुङ्ग,ट्राक एन्ड फिल्डका भुपु राष्ट्रिय खेलाडी छिमी लामा, धावकहरुको प्रायोजक आवू कम्पनीका मिलोस पिन्त्राभा लगायत फाउन्डेसनका पदाधिकारीहरु, विभिन्न खेलहरुमा सम्बन्धित नेपालीहरु तथा स्थानिय नेपालीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा टिम नेपालको तर्फ बाट टिम क्याप्टेन पुर्ण तामाङ र समिर तामाङले हङकङका नेपालीहरु बाट प्राप्त सहयोग, हौसला र सम्मान सधै विशेष र अवष्मरणिय रहेको बताउदै उक्त खातिरदारीको निम्ति कृतज्ञता प्रकट गरे।
कार्यक्रम देबराज राईले सन्चालन गरेका थिए।














