बैंशमै वद्धभत्ता खाने हो ?

११ माघ, काठमाडौं । नयाँ सरकारको नेतृत्व गर्न लागेको दल नेकपा एमालेले शेरबहादुर देउवा सरकारले गरेका पछिल्ला निर्णयहरु खारेज गरिने प्रष्ट पारेको छ । भावी प्रधानमन्त्री केपी ओलीले देउवा सरकारका पछिल्ला निर्णयले देशलाई टाट पल्टाउने दाबी गरे । चुनाव हारेको झोंकमा देउवा सरकार राज्यकोष लुटेर देशलाई टाट पल्टाउने दिशामा अग्रसर भएको भन्दै वर्तमानको सरकारले गरेका सबै निर्णय अश्वीकार्य भएको एमालेले विहीबार औपचारिक पत्रकार सम्मेलन नै गरेर स्पष्ट पारेको छ । एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा विहीवार आकस्मिक पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री देउवा राज्यको ढुकुटी लुट खस्यौट गर्ने षड्यन्त्रमा लागेको आरोप लगाए । देउवाले सेटिङ मिलाएर नयाँ सरकार बन्न नदिने षड्यन्त्र गरिरहेको एमाले अध्यक्ष ओलीले आरोप लगाए । पत्रकार सम्मेलनमा सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुँदै ओलीले भने- नयाँ सरकारले यसबीचमा भएका सबै निर्णयहरुमाथि पुनर्विचार गर्ने र संविधान, कानुन एवं राष्ट्र हित विपरीत भएका सबै निर्णयहरुलाई अश्वीकार गर्छ ।’ देउवा सरकारले बुधबार गरेको पछिल्लो निर्णयतर्फ संकेत गर्दै मुलुकलाई आर्थिक संकटमा धकेल्ने र राज्य संयन्त्रलाई अस्तव्यस्त पार्ने काम भइरहेको एमाले अध्यक्ष ओलीले बताए । उनले अगाडि भने ‘हामीले यति भनेपछि बुझ्नुस् कि तत्काल नगरी नहुने बाहेकका सबै निर्णय एकमुष्ठरुपमा खारेज हुनेछन् ।’ सरकारले बुधबार ६५ वर्ष पुगेका व्यक्तिलाई वृद्धभत्ता दिने निर्णय गरेकोमा आपत्ति जनाउँदै ओलीले भने-

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार