न्यु ईयर टेनिस प्रतियोगिताको उपाधी मगेन्द्र राई लाई

हङकङ नेप्लिज टेसिस सोसाइटी द्वारा आयोजित "न्यु ईयर कप" को उपाधी मगेन्द्र राईले जितेका छन

  बगैँचा सम्वाददाता

हङकङ नेप्लिज टेसिस सोसाइटी द्वारा आयोजित “न्यु ईयर कप” को उपाधी मगेन्द्र राईले जितेका छन। गत आईतवार किङ्स पार्क स्थित टेनिस कोर्टमा सम्पन्न प्रतियोगिताको फाईनल खेलमा राईले बिकाश गुरुङलाई ६-४ को अन्तरमा पाखा लगाई च्याम्पियनसिप ट्रफी उचालेका हुन।

पुराना तथा अनुभवी एक दर्जन खेलाडीहरुलाई ए र बि दुई समुहमा बिभक्त गरि राउन्ड रोबिनको आधारमा सिक्स गेम प्रो सेट फर्म्याटमा खेलाईएको थियो। समुह ए बाट बिकाश र समुह बि बाट मगेन्द्र अपराजित भै फाईनलमा प्रवेश गरेका थिए।

फाईनल खेलमा राईले पहिलो सर्भ गरेका थिए। तेस्रो गेममा सर्भ गुमाएका राईले ब्याक टु ब्याक ब्रेक गरि ३-२ ले लिड गरे। निकै सनसनी पुर्ण खेलमा राईको शक्तिशाली ग्राउन्ड स्टोकले बिकाशलाई रक्षात्मक स्थितिमा पुर्याएका थिए। ५-३ ले लिड गरि म्याचको लागि ४०-३० मा सर्भ गरेका राईले जितमा कन्भर्ट गर्न सकेनन। बिकाशले सर्भ ब्रेक गरेर ४-५ मा पुर्याए। त्यस पछि सर्भ लिएका बिकाशको सर्भ लाई राईको आक्रामक रिटर्न लाई बिकाशले थेग्न सकेनन। फलत ०-४० मा राईले लेड गरे। ट्रीपल म्याच प्वाइन्ट सेभ गरेर १५-४० मा गरेको बिकाश सर्भलाई राईको शक्तीशालि रिटर्न अन्फोर्स एरोर गरे पछि राईले जित आफ्नो पोल्टामा पारेका थिए। राई टेनिसका सर्टिफाईड कोच पनि हुन।

सोसाइटीका अध्यक्ष समेत रहेका राईले सहभागी सबै खेलाडीहरुलाई धन्यवाद दिदै सोसाइटीले निरन्तर यस्ता प्रतियोगिता गराउने जानकारी गराउदै सहभागी हुन आग्रह गरे।बिजेता खेलाडीहरुलाई सोसाइटीका सल्लाहकार किशोर गुरुङ र उपाध्यक्ष गुमन सिङ गुरुङले ट्रफी प्रदान गरेका थिए। कार्यक्रम सोसाइटीका प्रबक्ता तथा टुर्नामेन्ट डाईरेक्टर टेकेन्द्र सुब्बाले सन्चालन गरेका थिए।

टेनिस प्रतियोगिताका अलावा सोसाइटीले टेनिस सिकाउने तथा सामाजिक तथा मानविय क्षेत्रमा पनि उल्लेखनिय कार्य गरिरहेको छ। निकट भविष्यमा नेपालका बाढी पिढित सहयोगार्थ बाल मन्त्री भवन निर्माण गर्ने तयारी पनि रहेको सोसाईटीले बताएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार