ज्यानमार्ने धम्की’बारे प्रधानन्यायाधीशमाथि अनुसन्धान सुरु

१७ माघ, काठमाडौं । ज्यान मार्ने धम्की दिएको आरोप लागेपछि प्रधानन्यायाधीश गोपाल पराजुली प्रहरी छानविनको घेरामा परेका छन् । प्रधानन्यायाधीश पराजुलीले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बुधबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा निवेदन दिएका छन् । लगत्तै जिप्रकाले यसबारे छानविन गर्न महानगरीय प्रहरी परिसर, काठमाडौंलाई भनेको छ । प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले अनलाइनखबरसँग भने, ‘यो ठूलो केस भएकाले सुरक्षा थेट हो कि होइन, परिसरलाई पठाएको छु । अधिवक्ता भण्डारीले निवेदनमा प्रधानन्यायाधीश पराजुलीले आफूलाई फोन गरेको नम्बर पनि उल्लेख गरेका छन् र कल डिटेल मगाउन माग गरेका छन् । प्रजिअले तोक लगाएर पठाएपछि परिसरले सम्वन्धित निकायसँग कल डिटेल मागेको छ । साथै छानविनका लागि महानगरीय प्रहरीवृत्त बानेश्वरलाई पत्र पठाइएको एसपी रविन्द्र धानुकले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार