स्वराजको सदभाव, अर्थमन्त्रीको दबाब

१९ माघ, काठमाडौं । प्रदेश ३ को पहिलो प्रदेशसभा बैठक सकिएको उल्लेख गर्दै यो प्रदेशको मुख्यमन्त्रीको सम्भावित अनुहारबारे चर्चा–परिचर्चा पनि गरेका छन् । प्रदेश ३ को पहिलो अधिवेशन र भारतीय विदेशमन्त्री सुषमा स्वराजको नेपाल भ्रमणको विषयमा केन्द्रित भएका , मर्यादाक्रम टुंगिएको, प्रदेश नेता छान्न दलहरुले केन्द्रीय प्रतिनिधि तोकेको छ ।

स्वराजले ओलीलाई भनिन्, ‘सँगै मिलेर काम गरौं’

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले वाम विजयका लागि बधाई दिँदै आगामी सरकारसँग मिलेर काम गर्न तयार भनेर व्यक्त गरेको  छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश बोकेर बिहीबार काठमाडौं ओर्लेकी उनले एमाले अध्यक्ष केपी ओलीलाई भेट्दै यस्तो बताएकी हुन् । ओलीसँग साँझ झन्डै एक घण्टाको एक्ला –एक्लै भेटका क्रममा सहकार्य प्रस्ताव गरेकी उनले लगत्तै एमाले नेताहरूसँगको डिनरमा उही आग्रह दोहोर्याएको  छ । नेपालमा संविधान निर्माणपछि सम्पन्न तीनवटा निर्वाचन परिणामले एमालेसहितको गठबन्धनलाई बहुमत दिएका छन्,’  ‘तपाईंहरुलाई हाम्रो बधाई छ । अब बन्ने नयाँ सरकारसँग मिलेर काम गर्न भारत सरकार तयार छ । स्वराज र एमाले अध्यक्ष ओलीबीचको भेटवार्तालाई, आकस्मिक राजनीतिक भ्रमणमा काठमाडौं ओर्लेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालको राजनीतिक स्थायित्व र विकास नै भारतको चाहना रहेको भनेर व्यक्त गरेको  छ । बिहीबार अपराह्न आएलगत्तै राजनीतिकभेटघाटमा सक्रिय उनले यहाँ विकसित घटनाक्रमबारे भारत जानकार रहेको बताउँदै संविधान कार्यान्वयन हुँदै राजनीतिक स्थायित्वको दिशामा नेपाल अग्रसर रहेकोमा खुसी प्रकट गरिन् ।  विदेशमन्त्री स्वराजको सदभावना भ्रमण भएकै दिन भारतमा प्रस्तुत बजेटले नेपाली अर्थक्षेत्रमा धक्का दिएको भन्दै यो भ्रमणलाई विदेशमन्त्रीको सदभाव र अर्थमन्त्रीको दबाबका रुपमा विश्लेषण गरेको छ । विदेशमन्त्री स्वराज काठमाडौं ओर्लिएकी दिन नयाँदिल्लीमा बजेट प्रस्तुत भएको थियो । सो बजेटमा भारतमा निर्यात हुँदै आएका नेपाली वस्तुमा उच्चदरले भन्सार बढाइएको छ । यसले नेपाली वस्तुको निर्यात प्रभावित हुने भएको छ । एकातिर सदभावनाको सन्देश लिएर विदेशमन्त्री स्वराज नेपाल आउने र अर्कातिर बजेटमार्फत नेपाललाई कस्ने दिल्लीको नीति रहेको  छ ।

कोसीमा भारतीय कर्मचारी र ठेकेदारको मनपरी

सप्तरीको हनुमाननगर–कंकालनी नगरपालिकाअन्तर्गत पर्ने योगिनियाँ गाउँ नजिकै रहेको कोसी पश्चिमी तटबन्ध जोगाउन बनाइएको स्पर मर्मत गर्न स्थानीयबासीले दबाव दिएपछि भारतीय पक्षले काम सुरु गरेको छ । तर, पाँच वर्षदेखि जीर्ण तटबन्ध मर्मतमा भारतीय कर्मचारी र ठेकेदारले मनपरी गरिदिँदा भने उक्त क्षेत्रमा बसोबास गर्ने नेपालीहरु त्रसित रहेको  छ । यसअघि तारको जालीमा बोल्डर क्रेटिङ (जालीमा ढुंगा राख्ने काम) गरेर बनाइएको उक्त स्परका अधिकांश जाली र बोल्डर कोसी नदीको पछिल्लो बाढीले बगाइसकेको छ । हाल मर्मत सम्भारका नाममा भारतको बिहार राज्य सरकार मातहत रहेको कोसी योजनाका कर्मचारीको मिलेमतोमा गुणस्तरहीन काम भइरहेको स्थानीयको गुनासो छ । बाढी नियन्त्रण तथा तटबन्ध मर्मत सम्भारमा सामान्य प्राविधिक पक्षलाई समेत अटेर गर्दै भारतीय ठेकेदारले सिमेन्टका खालि बोरामा माटो भरेर स्पर जोगाउने काम थालेका छन् । सिमेन्टको बोरा भन्दा जियो ब्याग बलियो र ठूलो हुन्छ । त्यसैले यस्ता काममा सिमेन्टको बोराको सट्टा जियो ब्यागको प्रयोग गरिन्छ । पछिल्लो तीनचार वर्षयता खाँडो नदीमा पनि सिमेन्टको बोरा प्रयोग हुन छाडिसकेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार