माल्दिभ्समा संकटकाल, पूर्व राष्ट्रपति र बहालवाला प्रधानन्यायाधीश समेत पक्राउ

सरकारले संकटकाल घोषणा गरेलगत्तै प्रधानन्यायधीश अब्दुल्लाह सइद र अन्य केही न्यायाधीशलाई नियन्त्रणमा लिएको छ । उनीहरुविरुद्ध लगाइएको अभियोगबारे खुलाइएको छैन ।

  बगैचा सम्वाददाता

माले

राजनीतिक संकट गहिरिएपछि माल्दिभ्समा सरकारले १५ दिनकालागि संकटकालको घोषणा गरेको छ ।  चरम राजनीतिक संकट झोलिरहेको माल्दिभ्स प्रशासनले प्रधानन्यायाधीशलाई नियन्त्रणमा लिएको छ । सरकारले संकटकाल घोषणा गरेलगत्तै प्रधानन्यायधीश अब्दुल्लाह सइद र अन्य केही न्यायाधीशलाई नियन्त्रणमा लिएको छ । उनीहरुविरुद्ध लगाइएको अभियोगबारे खुलाइएको छैन । संकटकालको घोषणा भएलगत्तै सुरक्षाफौजलाई आरोपीहरुलाई पक्राउ गर्न थप अधिकार प्राप्त भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । विपक्षी दलहरुले पूर्व राष्ट्रपति मौमुन अब्दुल गयुम पनि पक्राउ परेको जनाएका छन् । यसअघिसंसद निलम्बन गर्दै सरकारले राष्ट्रपति अब्दुल्लाह यामिनविरुद्ध महाअभियोग लगाउने सर्वोच्च अदालतको योजनाको प्रतिरोध गर्न सेनालाई आदेश दिएको थियो । गत शुक्रबार अदालतले पूर्व राष्ट्रपति मोहम्मद नसिद र विपक्षी दलका नेतालाई तुरुन्त रिहा गर्न उनीहरुको मुद्दाको पुन: सुनुवाई गर्न  समेत आदेश दिएको थियो । तर सरकारले सर्वोच्च अदालतको आदेश पालना नगर्ने जनाएपछि माल्दिभ्समा संवैधानिक संकट उत्पन्न भएको हो ।  अदालतले नेताहरुमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा लगाइएको ठहर गरेको हो । अदालतको फैसलासँगै संसदमा विपक्षी दलको बहुमत पुगेपछि सांसदमा समेत विपक्षीको बहुमत पुगेपछि संसद निलम्बन गरिएको थियो । माल्दिभ्समा सन् २०१५ मा पहिलो पटक प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचित राष्ट्रपति नासिदमाथि अभियोग लगाइएयता राजनीतिक संकट उत्पन्न भएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार