राष्ट्रियसभामा पनि वाम गठबन्धनको बहुमत

२५ माघ, काठमाडौं । राष्ट्रियसभामा पनि एमाले र माओवादी केन्द्रको वाम गठबन्धनको प्रष्ट बहुमत आएको छ । तर, एमाले एक्लैको भने बहुमत पुगेन । मंगलबार चुनाव भएका ३२ मध्ये २९ सिटको अन्तिम मत परीणाम आइसकेको छ भने तीन सिटको गणना जारी छ । २४ सदस्य भने निर्विरोध निर्वाचित भएका थिए । निर्वाचित र निर्विरोध गरी ५३ सिटको परीणम आउँदा वाम गठबन्धनले ३६ सिट जितेको छ । जसमा एमालेको २५ सिट छ भने माओवादीले ११ सिट जितेको छ । कांग्रेसले १३ सिट जित्दा राजपा र संघीय समाजवादी फोरमले २-२ सिट जितेका छन् ।

कुन प्रदेशमा के भयो ?

प्रदेश १ बाट ६ सदस्य निर्विरोध भएका थिए । दलित र अपाङ्ग तथा अल्पसंख्यक कोटामा चुनाव भएको थियो र दुबैमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । चुनावी प्रतिस्पर्धामा कांग्रेस उम्मेदवारहरु हारेका छन् ।

प्रदेश २ बाट आठै सदस्य निर्विरोध चयन भए , बुधबार नै प्रमाणपत्र दिइएको छ ।

प्रदेश ३ मा वाम गठबन्धनका महिला कोटाकी उम्मेदवार गंगा पराजुली पराजित भइन् । त्यहाँ एमालेका दुई महिला उम्मेदवार र कांग्रेसका एक विजयी भएका छन् । यस्तै नेमकिपा र राप्रपाका उम्मेदवार पनि हारेका छन् ।

प्रदेश ४ मा खुला र महिलातर्फ कांग्रेस र वाम गठबन्धनका उम्मेदवार विजयी भए । राजमोका उम्मेदवार पराजित भए । दलित कोठामा वाम गठबन्धनले कांग्रेस उम्मेदवारलाई पराजित गर्दा अपाङ्गमा कांग्रेस उम्मेदवार निर्विरोध भएका थिए ।

प्रदेश ५ मा महिला समूहबाट तीन सदस्य यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । दलित र अपाङ्ग तथा अल्पसंख्यकका साथै खुलातर्फ दुई सिट वाम गठबन्धनले जित्दा खुला तर्फको एक सिटमा कांग्र्रेस उम्मेदवार विजयी भएका छन् । त्यहाँ पनि राजमोका उम्मेदवार पराजित भए ।

प्रदेश ६ को खुलाको गणना जारी छ । महिला, दलित र अपाङ्ग तथा अल्पसंख्यकमा वाम गठबन्धन विजयी भएका छन् ।

प्रदेश ७ मा मात्र दुई सिटका लागि चुनाव भएको थियो र दुबै सिट वाम गठबन्धनले जितेको छ ।

 

                                                                                                                          काे काे विजयी भए ?

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार