उत्तर कोरियाली नेता किम जोङ–उनकी बहिनी कोरिया जाने

उत्तर कोरियाली नेता किम जोङ–उनकी बहिनी किम यो–जोङ दक्षिण कोरिया जाने भएकी छिन ।

  बगैचा सम्वाददाता


सोल

उत्तर कोरियाली नेता किम जोङ–उनकी बहिनी किम यो–जोङ दक्षिण कोरिया जाने भएकी छिन । दक्षिण कोरियाको प्योन्च्याङमा आगामी शुक्रबारबाट सुरु हुने शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा सहभागी हुने उनी जाने भएकी हुन। सत्तारूढ वर्कर्स पार्टीकी वरिष्ठ अधिकारीसमेत रहेकी उनी पार्टीमा प्रभावशाली मानिन्छिन् । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार ओलम्पिकको उद्घाटन समारोहमा दुवै कोरियाले संयुक्त झण्डामुनि सँगै मार्च गर्नेछन् । शीतकालीन ओलम्पिक खेलमा उत्तरकोरियाको सहभागितालाई दुई देशको सम्बन्ध सुधारको कदमका रूपमा हेरिएको छ । तर अमेरिका, जापानसहितका देशहरूलेउत्तर कोरियाले शीतकालीन ओलम्पिकलाई प्रोपागान्डाका रूपमा प्रयोग गरेको आरोप लगाउँदै आएका छन् । सन् १९८७ मा जन्मिएकी किम वर्तमान नेता किमकी सहोदर बहिनी हुन् । उनले पार्टीको प्रोपागान्डा विभाग सम्हाल्दै दाजुको छविको रक्षा गर्छिन् । मानव अधिकार हननको विषयलाई लिएर उनी अमेरिकाको कालोसूचीमा छिन् । लम्पिकमा सहभागी हुने २ सय ८० सदस्यीय उत्तर कोरियाली टोली बुधबार दक्षिण कोरिया पुगेको छ । उत्तर कोरियाली खेलकुद मन्त्री किम इल गुकको नेतृत्वमा रहेको उक्त टोलीमा २ सय २९ चियरलिडर, चार जना नेसनल ओलम्पिक कमिटीका अफिसियल, २६ तेक्वान्दो खेलाडी र २१ पत्रकार छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार