चुम्लुङ भवन मा पहिलो साधारण सभा सम्पन्न

२८ माघ काठमाडौ । लिम्बुवान अध्ययन केन्द्रको तदर्थ समिति गठनभएको ३ वर्ष पछी हिजो २७ माघ का दिन लिम्बुवान अध्ययन केन्द्र शोभाहिटी ललितपुर चुम्लुङ भवन मा पहिलो साधारण सभा सम्पन्नभयो । लिम्बुवान अध्ययन केन्द्रको पहिलो साधारण सभाबाट अर्जुन नुगो लिम्बुको अध्यक्षतामा निम्न बमोजिमको कार्य समिती गठन गर्यो ।

नवनिर्वाचित कार्य समितिहरुको नामवलि यसप्रकार छन ।

१. अध्यक्ष अर्जुन नुगो लिम्बु,

२. उपाध्यक्ष खगेन्द्र जबेगु,

३. सचिबस् डि.बि. आङ्बुङ,

४. सह सचिब टङ्क माबोहाङ,

५. कोषाध्यक्ष डम्बर तेम्बे,

सदस्यहरु  = भगिराज इङ्नाम, नारायण निङ्लेकु, कमल तिगेला, प्रबिण पन्धाक, बिष्णु सिङ्गक र वसन्त कुरुबाङ रहेकाछन । जम्मा १३ कार्य समिति रहने छ, जसमा चुम्लुङ प्रतिनिधि र सदस्य् बाट मनोनित भई २ जना को नामवलि पछि थपिने छ । उक्त कार्यक्रमका प्रमुख अतिथि कियाचु केन्द्रिय अध्यक्ष उत्तम सिङ थाङदेन को बाहुलिबाट दिप जलाई कार्यक्रमलाई उदघाटन गरेकाथिए । तदर्थ समितिका सचिव बिष्णु सिंगकले कार्यक्रम सन्चालन साथै सांगठानिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन भने आर्थिक प्रतिवेदन डम्बर तेम्बेले प्रस्तुत गरेका थिए । उपस्थित जनहरुबाट लामो बहस पछी, नियमावली, रणनीतिक योजना आदि पारित गर्यो ।तदर्थ समितिका अध्यक्ष अर्जुन नुगो ले तदर्थ समिति बिगठन गरेको घोषणा पछि नयाँ कार्यसमिति चयन गरेकाहुन ।
लिम्बुहरूको समग्र प्राज्ञिक अध्ययनका लागि स्थापित लिम्बुवान अध्ययन केन्द्र ले स्थापना कालदेखी अहिले सम्म विभिन्न ब्यक्तिक्तहरुबाट विबिन्न विषयमा टल्क शो हरु गर्दै आईरहेको छ ।अध्ययन केन्द्रले हरेक वर्ष बिस्नुदत्त सरस्वति आङबुहाङ अनुसन्धान बृती प्रदान गर्ने छ, सोहि समय टेक लावती र अ्मर तुम्याङलाई पहिलो बिस्नुदत्त सरस्वति आङबुहाङ अनुसन्धान बृती को ३०% प्रदान गर्नका साथै अद्ययन केन्द्रलाई विभिन्न क्षेत्रबाट आर्थिक भौतिक सहयोग गर्नेहरुलाई धन्यवाद पत्र प्रदान गरेकाथिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार