विमानस्थल पुगे प्रधानमन्त्री केपी शर्मा ओली, ३६ जनाको मृत्यु भएको पुष्टि

  बगैचा सम्वाददाता


काठमाडौ
अवतरणका क्रममा दुर्घटनाग्रस्त युएस बंगलाको विमान र त्यसपछि अवस्थाबारे जानकारी प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुगेका छन् । बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा विमान दुर्घटना भएको हो । अहिले उद्दार कार्य जारी छ ।उद्दार प्रयासबारे जानकारी दिन प्रधानमन्त्री ओली पनि पुगेका हुन् ।

विमान दुर्घटनामा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । दुर्घटना स्थलमा २८ जनाको शव संकलन गरिएको छ । ३१ जनाको उद्दार गरिएकोमा ८ जनाको मृत्यु भएको एसएसपी पूर्णचन्द्र जोशीले जानकारी दिए । मृतकको संख्या बढ्नसक्छ ।घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार