एनसीसी बैंकमा सीआइवीको छापा, उच्च अधिकारी पक्राउ

  बगैचा सम्वाददाता

काठमाडौं

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइवी) ले नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) को केन्द्रीय कार्यालयमा छापामारेको छ। प्रहरीले बैंकका केही अधिकारीहरुलाई समेत नियन्त्रणमा लिएका छन् । बैंक मर्ज हुँदा रकम अनियमितता भएको आशंकामा सीआइवीले अनुसन्धान थालेको हो। सीआईबीका अनुसार तत्कालिन एपेक्स डेभलपमेन्ट बंकले दरबारमार्ग, लोकन्थरी, इटहरी, सुर्खेत र नेपालगञ्जका शाखाबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरेर करिब २ अर्ब घोटाला रुपैयाँ घोटाला भएको आशंकामा सीआईबीले गरेको छ।
एनसीसी बैंकमा एपेक्स डेभलपमेन्ट बैंक मर्जहुँदा भएको अनियमितताबारे अनुसन्धान गर्न सीआइवीले बैकका उच्च अधिकारीलाई नियन्त्रणमा लिएको हो। प्रप्त जानकारीका अधारमा बैंकको बोर्ड बैठक बसिरहेकै वेला एपेक्स बैंकका तत्कालिन अध्यक्ष विष्णुप्रसाद धितालसहित अन्य १३ जनालाई पक्राउमा परेको बुझिएको छ ।प्रहरीले उनीहरुको विवरण भने सार्वजनिक गरेको छैन।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार