राष्ट्रियसभाको उपाध्यक्षमा दाहाल निर्वाचित

  बगैचा सम्वाददाता


काठमाडौँ

राष्ट्रियसभाको उपाध्यक्षमा वाम गठबन्धनकी उम्मेदवार शशीकला दाहाल निर्वाचित भएकी छिन् । आइतबार संघीय संसद् भवन नयाँ बानेश्वरमा भएको निर्वाचनमा ४५ मत प्राप्त गर्दै दाहाल उपाध्यक्षमा निर्वाचित भएकी हुन् । राष्ट्रिय सभाका ५९ सदस्यमध्ये आइतबारको बैठकमा उपस्थित ५६ जनामध्ये उनको विपक्षमा ११ मत परेको थियो । उपाध्यक्षमा कांग्रेसकी बृन्दादेवी आले रानाले पनि उम्मेदवारी दिएकी थिइन् । उनको पक्षमा ११ मत मात्रै पारेको थियो । प्रतिनिधिसभाको सभामुख, उपसभामुख र राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला हुनु पर्ने संवैधानिक प्रावधान छ । सभामुखमा कृष्णबहादुर महरा र उपसभामुखमा शिवमाया तुम्बाहाम्फे निर्वाचित भइसकेका छन् । राष्ट्रिय सभाको अध्यक्षमा गणेश तिमिल्सिना निर्विरोध निर्वाचित भएका हुन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार