श्रम स्वीकृति इटहरी, जनकपुर र बुटवलबाट पनि हुदै

  बगैचा सम्वाददाता

काठमाडौ

वैदेशिक रोजगारमा जानेहरूका लागि अब काठमाडौमा श्रम स्वीकृति लिन धाइराख्नु नपर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जानेहरूका लागि सहज गराउन थप तीन स्थानबाट श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । प्रदेश निवाचन तथा नयाँ संरचनासँग सरकारले एक नम्बर प्रदेशको इटहरी, दुईको जनकपुर र ५ को बुटवलबाट श्रम स्वीकृति दिने निर्णय गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले वैदेशिक रोजगारमा जाने कामदारका लागि सहज होस भन्ने उद्धेश्यसहित इटहरी, जनकपुर र बुटवलबाट श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको जानकारी दिए । सरकारले चाडै ती क्षेत्रमा श्रम स्वीकृतिका लागि कार्यालय स्थापना गर्ने जनाएको छ । सिंहदरवारस्थित मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री विष्टले बैदेशिक रोजगारीका लागि बढी कामदार विदेश जाने क्षेत्र छनोट गरी श्रम स्वीकृति प्रदान गर्न कार्यालय स्थापना गर्ने बताए । निर्णय तत्काल कार्यान्वयनका लागि प्रक्रियामा लैजाने बताउदै मन्त्री बिष्टले विद्यमान कानून अनुसार फरक नपर्ने गरी सेवा दिन प्रक्रिया मिलाउन निर्देशन दिइसकेको जनाए । वैदेशिक रोजगारलाई सहज सरल र गुणस्तरीय सेवा प्रदान गर्न सबै खाले ‘सिन्डीकेट’ हटाईने दावी गर्दै मन्त्री विष्टले न्यून सेवा शुल्कमा कामदार पठाइने विषयमा गहन रुपमा छलफल भइरहेको बताए । उनले भने ‘कामदार न्युन सेवा शुल्क तिरेर वैदेशिक रोजगारीमा जाने वातावरण मिलाउन सरोकारवाला पक्षसँग छलफल गरी तुरुन्तै निर्णय लिइनेछ, ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार