‘सिक्स लेन’ सडकमा यात्रीलाई धुलै धुलो……….

चैत १४, २०७४   रुपन्देही । पाँच नम्बर प्रदेशमा मुख्य सचिव शङ्कर पाठक भैरहवामा रहेको क्वाटरबाट बुटवलस्थित प्रदेश कार्यालयमा दैनिक आवत–जावत गर्छन् । भैरहवामा आउँदा पडसरी, भलवारी हँुदै मणिग्राणसम्म आइपुग्दा उनलाई निकै अप्ठारो लाग्छ । त्यो सडकमा धुलोले हैरान पार्छ । केही ठाउँमा निर्माण सामग्री अव्यवस्थित तरिकाले फालिएको छ । चालकले सहज रूपमा सावरी सधान चालाउन पनि सक्दैनन् । यस्तै समस्या मुख्य सचिव पाठकलाई मात्रै होइन बुटवल भैरहवा आउजाउ गर्ने सबै यात्रुलाई परेको छ । पाठक भन्छन्, ‘गाडी भनेजसरी चालकले चलाउन सक्दैनन््, बाटोमा धुलो समस्या सबैभन्दा धेरै छ । उनीजस्तै धेरैको बुटवल–भैरहवाको यात्रा निकै कठिन छ । मोटरसाइलक चालकलाई त झन् कठिन । बुटवलबाट मोटरसाइकलमा भैरहवा पुग्दा मान्ने नचिन्ने हुन्छ । बेलहिया–बुटवल सडक विस्तार आयोजनाद्वारा विगत ६ वर्षदेखि यहाँ सडकलाई ‘सिक्स लेन’ बनाउने काम धमाधम भइरहेको छ । बुटवलदेखि भैरहवासम्म ८ किलोमिटर सिक्स लेन पूरा भएको छ । जहाँ सरर गाडी कुद्छन् । बाँकी सडकमा यात्रुले हैरानी बेहोरेका छन् । मयमा काम पूरा नहुँने समस्या त छ नै । निर्माण गर्दा ठेकेदारले जहाँ पायो त्यहीँ निर्माण सामग्री राख्ने झन् ठूलो समस्या छ । धुलो रोक्नका लागि पानी नराख्ने निर्माण कम्पनीहरूको बानी छ । यी सबै समस्याको मार चाहिँ यात्रीले खेपिहेका छन् । हैरानी बेहोरेका हुन् । नियमअुनसार ठेकेदारले सडकमा धुलो उडनबाट रोक्नुपर्ने हो । ‘मोटरसाइलका बुटवलबाट भैरहवासम्म पुग्दा शरीरभरी धुलो हुन्छ । मोटरसाइलमा पनि थुपै हिलो र धुलो लिएर जानुपर्ने अवस्था छ । मुख्यतः पडसरी, बर्मेलीटोल, भलवारी र कोडिहवा यात्रुहरू पीडित बनेका छन् ।’ तिलोत्तमा नगरपालिका मणिग्राका रमेश पाण्डेले गुनासो गरे । बनेका पूर्वाधारमा पनि कसैको चिन्ता छैन, एकातिर बन्दै गरेको सडकमा धूलोको समस्या छ । अर्कोतिर बनिसकेको पूर्वाधारको संरक्षणमा चाहिँ कसैको चासो छैन ।

निर्माण सम्पन नहुदै सडक अलपत्र र लथालालिङ

मणिग्राणदेखि बर्मेलटोलसम्म बन्दै गरेका सडकमा जति कठिन छ त्योभन्दा निर्माण भएको ठाउँ बुटवलदेखि मणिग्राणसम्मका लथालिङ सडकले स्थानीय चिन्तित छन् । सोलार पावरले झिलीमिली बनाउने भन्दै जोडिएका सडक बत्ति बिग्रिएका छन् । केही ठाउँमा बल्छन् तर निकै कमजोर प्रकाश दिन्छन् । सिक्सलेन सडकखण्ड निर्माण सम्पन्न नहुँदै त्यसका पूर्वाधार विगँ्रदा स्थानीय अगुवा चिन्तित छन् । काम सकिएको सडक सुरक्षामा कसैको चासो छैन । सडकको रेखदेख न स्थानीय नियकायले गरेको छ न त प्रदेश सरकारले गरेको पाइन्छ । ५ नम्बर प्रदेशको अस्थायी राजधानी बुटवलसँग जोडिएको सडकलाई समयमा सम्पन गर्न, निर्माण भएको सरक्षण गर्नको ध्यान कसले दिने ?’ बुटवलमा पुस्तक व्यवसयाी माधव गौतमको प्रश्न छ । सडकछेउमा निर्माण गरिएका फलामे रेलिङ पोस्ट तोडफोड गरिएका छन् । बुटवल चौराहादेखि मणिग्रामसम्म करिब १ सयभन्दा धेरै रेलिङ पोस्टमा क्षति भएको छ । व्यापारिक मार्ग विस्तार आयोजना बुटवल–बेलहियाका कार्यालयमा ९९ वटा रेलिङ पोस्टमा क्षतिको जानकारी छ । तर त्योभन्दा धेरै क्षति भएको अनुमान छ । आयोजनाका प्रवक्ता इन्जिनियर गोविन्दकुमार श्रेष्ठका अनुसार राति मदिरा सेवन गरी अनियन्त्रित रूपमा गाडी कुदाउनेले सडकको रेलिङ पोस्टमा सवारी ठोक्काउँछन् र क्षति गराउने गरेका छन् । दिउँसै पनि तीव्र गतिमा सवारी कुदाउनेले रेलिङ पोस्टमा क्षति पुर्याउँछन् । बुटवलबाट योगिकुटीचोक हुँदै मणिग्रामसम्म आइपुग्दा ठाउँ–ठाउँमा सडक छेउछाउका रेलिङ पोस्ट भाँचिएका छन् । अधिकांश क्षतिका घटना रातको समयमा हुने गरेका कारणले दोषी कारवाहीको दायरामा आउन सकेका छैनन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार