कोशीपीडितको आँगनमा चिनियाँ राजदूत……..

चैत १९, २०७४  काठमाडौँ । कोशीपीडित भन्नेबित्तिकै भारतको नाम जोडिन्छ । कोशी ब्यारेजले निम्ताएको समस्या मानिन्छ, कोशीपीडितको कथा । शनिवार अचानक चिनियाँ राजदूत यु होङ कोशीपीडितका पुगिन् । भोक्राहा नरसिंह–४ र कोशी गाउँपालिका –१ लौकहीको मुसहर बस्तीमा उनले चिनियाँ सहयोगको अनुगमन गरिन् । यहाँ गत साउनको बाढीले धेरै समस्या ल्याएको थियो । बाढीपीडित घरपरिवारमा अझैँपनि लत्ताकपडा, खाद्यान्न र बसोबासको अभाव छ । त्यसमाथि बाढीपीडितको नाममा आएको समस्या पहुँचवालाले मात्रै लिएको पनि गुनासो रहने गरेको छ । कोशी गाँउपालिकामा चिनियाँ सहयोग पुगेको छ । बाढीपीडित सहयोग कार्यक्रम अन्तर्गत एक घर बराबर ऊनी पछ्यौरा २ थान, उनी कम्बल २ थान, बिर्को सहितको प्लाष्टिकको बाल्टी र मग एक एक थान, भाँडाकुडा अल्मुनियमका भाँडा ३ थान, खाना खाने प्लेट ३ थान, कप २ थान, डाडु र पन्यु एक एक थान, किटाणु प्रतिरोधि एवम् टिकाउ झुल २ थान, धुवाँरहित खाना पकाउने स्टोभ एक थान, फिल्टर एक थान, स्वच्छता सामग्री दुई महिनालाई पुग्ने समान वितरण गरिएको थियो । यसैको अनुगनमका लागि चिनियाँ राजदूत त्यहाँ पुगेकी हुन् । कोशी बाढीपीडित समस्या नेपाल र भारत सरकारबीच सन् १९५४ अर्थात् वि.सं. २०११ मा कोशी सम्झौताबाट सिर्जित समस्या हो । २०२२ सालमा आएको बाढी र त्यसपछि बेला बेलामा कोशीको कटानले हजारौँ स्थानीयहरू पीडित छन् । बाढीपीडितसँगै यहाँ यसक्षेत्रका सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या पनि छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार