चैत्र २४, २०७४ – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका राष्ट्रपति रामनाथ कोविन्दसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटमा राष्ट्रपति कोविन्दले शान्त, समृद्ध नेपाल भारतको चाहना भएको बताएका बताउनुभएको छ । तीनदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीसँग आज नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा भएको भेटवार्तामा कोविन्दले नेपालको विकास हेर्ने चाहना रहेको धारणा व्यक्त गर्नुभएको हो । भारतीय राष्ट्रपति कोविन्द र प्रधानमन्त्री ओलीबीचको भेटमा द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको परराष्ट्र सचिव शंकरदास बैरागीले जानकारी दिए । सचिव बैरागीका अनुसार भारतका राष्ट्रपति कोविन्दले नेपालको प्रधानमन्त्री पदमा निर्वाचित भएकोमा प्रधानमन्त्री ओलीलाई बधाई दिनुभएको थियो । उहाँले नेपालका राष्ट्रपतिलाई भारतको भ्रमणको निम्तो समेत दिनुभएको छ ।












