प्रधानमन्त्री ओलीलाई भारतमा मानार्थ विद्यावारिधिको उपाधि,आजै साँझ स्वदेश फर्कने

  बगैचा सम्वाददाता


काठमाडौ

तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको उत्तराखण्ड पन्तनगरमा रहेको गोविन्द बल्लभ पन्त कृषि तथा प्राविधिक विश्वविद्यालयले विज्ञानमा पीएचडीको मानार्थ उपाधि प्रदान गरेको छ । आइतबार दिउँसो प्रधानमन्त्री ओलीलाई विश्वविद्यालयमा आयोजित समारोहमा क्याम्पसका कुलपतिले ओलीलाई डाक्टर अफ साइन्सको मानार्थ उपाधि प्रदान गरेको हो । इन्दिरा गान्धी मानस्थलबाट विशेष विमानमा उत्तराखण्ड गएका प्रधानमन्त्री अपराह्न ४ बजे उत्तराखण्डबाट फर्कनेर साँझ ६ बजे नै इन्दिरा गान्धी विमानस्थलबाट काठमाडौंका लागि प्रस्थान गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीले साँझ नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्नेछन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार