बुद्ध जन्मस्थलमा अन्तराष्ट्रिय बौद्ध सम्मेलन सुरु

  बगैचा सम्वाददाता

लुम्बिनी
लुम्बिनीमा आजदेखि अन्तराष्ट्रिय बौद्ध सम्मेलन सुरु भएको छ । ‘लुम्बिनी नेपाल: बुद्ध जन्मस्थल तथा बौद्ध दर्शन र विश्व शान्तिको मुहान’ भन्ने नारासहित शुरु सम्मेलनको पर्यटन संस्कृति तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले एक विशेष समारोहबीच उद्घाटन गरेका छन् । जन्मस्थलको विकास र बौद्ध दर्शनको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजित सम्मेलनमा २३ देशका बौद्ध ज्ञाता तथा प्रतिनिधि सहभागी छन् । त्यसमध्ये बौद्ध देशका संस्कृति तथा धार्मिक मामिला मन्त्री समेत सहभागी छन् । सम्मेलनमा दिउसो देखि बुद्ध शिक्षा र दर्शनका बारेमा स्वदेशी तथा विदेशी विद्वानले कार्यपत्र प्रस्तुत गरेका छन् । १३ वटा विषयमा लेखिएका ३१ वटा कार्यपत्र मध्ये आज २२ वटा कार्यपत्र प्रस्तुत हुनेछन् । बाँकी कार्यपत्र भोलि प्रस्तुत पछि लुम्बिनी घोषणपत्र जारी गरेर सम्मेलन सकिने छ । लुम्बिनीमा स्थान अभाव देखाउँदै २ वर्षअघि बुद्धको महिमाका लागि आयोजित सम्मेलन लुम्बिनीको सट्टा काठमाडौंमा भएको थियो । सहभागी बौद्धमार्गी र बौद्ध विद्वानले भने सम्मेलन बुद्ध जन्मस्थलमै हुनुपर्ने सुझाए पछि यहाको आध्यात्मीकतालाई जोडेर यस वर्ष लुम्बिनीमै सम्मेलन गर्न लागिएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार