काठमाडौं
वैशाख २३ गते ४ बजे संघीय संसदको अधिवेशनका लागि आहृवान गरिएको छ। राष्ट्रपति कार्यालयद्वारा आइतबार संसद सचिवालयमा अधिवेशन आह्वानको पत्र पठाएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक २३ गते ४ बजे बस्ने छ । सरकारले वैशाख १४ गते राष्ट्रपति समक्ष वैशाख २३ गेत अधिवेश बोलाउन सिफारिस गरेको थियो। सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ। संविधानको धारा ९३ बमोजिम राष्ट्रपति विद्या भण्डारीले अधिवेशन आहृवान गरेकि हुन्। राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानको पत्र प्राप्त गरेपछि सचिवालयले सार्वजिनक सूचनाका लागि सरकारी सञ्चारमाध्यममा प्रकाशित गर्न पठाएको छ।












