
मोरङ
महानगरीय अपराध महाशाखाका तत्कालीन डिएसपी (प्रहरी नायब उपरीक्षक) प्रजित केसीलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ। तस्करीको साढे ३३ केजी सुन गायब प्रकरणमा हत्या गरिएका सनम शाक्यको शव बरामद गर्ने अपराध महाशाखाको तत्कालिन टोलीका डिएसपी प्रजित केसी पक्राउ परेका छन् । हराएको भनिएको साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणका विषयमा बयान दिन गृह मन्त्रालयले बनाएको छानबिन समितिले केसीलाई विराटनगर बोलाइएको थियो।












