सरकार ब्याक हुने ठाउँ छैन……….

२४ बैशाख २०७५,   गृहमन्त्री रामबहादुर थापाले यातायात क्षेत्रको सिन्डिकेट हटाउने निर्णयबाट सरकार कुनै पनि हालतमा पछाडि नफर्किने बताएका छन् । आइतबार उपभोक्ता अधिकारकर्मीहरूसँगको भेटमा थापाले सिन्डिकेट हटाउने निर्णयबाट सरकार पछि नहट्ने बताएका हुन्। सरकार धेरै अघि बढिसक्यो अब पछि हट्ने कुनै सम्भावना छैन,’ उनले भने, ‘अब हामीलाई ब्याक हुने छुट छैन । यातायात क्षेत्रबाट सिन्डिकेट अन्त्य गर्ने सुरुवात गरेका हौँ । अब श्रृंखलावद्ध रूपमा सिन्डिकेट अन्त्य गरेर छाड्छौँ ।’ गृहमन्त्री थापाले सिन्डिकेटधारी यातायात व्यवसायीसँग कुनै पनि हालतमा घुँडा नटेक्ने बताए। सिन्डिकेट कायम गर्न खोज्ने व्यवसायीसँग कुनै पनि हालतमा घुडा टेक्दैनौँ । सरकार सिन्डिकेटधारी यातायात व्यवसायी विरुद्ध कडा निर्णय लिएर नै अघि बढ्नेछ,’ उनले भने । गृहमन्त्री थापाले सबै क्षेत्रमा सिन्डिकेट अन्त्य नगरेसम्म मुलुकमा विकास र सम्वृद्धि नआउने बताए । ‘आफ्नो जग्गा बेच्न समेत सिन्डिकेटधारी दलालको सहारा लिनुपर्ने अवस्थाबाट गुज्रिदैँ आइराखेका छौँ । मुुलुकको अर्थतन्त्र, दलाल, माफिया र घुसखोरको हातमा अडिएको छ,’ उनले भने, ‘यातायात क्षेत्रबाट सिन्डिकेट अन्त्य गर्नको लागि सुरुवात गरेका हौँ । सरकार धेरै अघि बढिसक्यो अब पछि हट्ने कुनै सम्भावना छैन, अब हामीलाई ब्याक हुने छुट छैन । यातायात क्षेत्रबाट सिन्डिकेट अन्त्य गर्ने सुरुवात गरेका हौँ । अब श्रृंखलावद्ध रूपमा सिन्डिकेट अन्त्य गरेर छाड्छौँ । अब सबै क्षेत्रमा श्रृखंलाबद्ध सिन्डिकेट विरुद्ध अभियान छेडेर नै अन्त्य गर्नेछौँ ।’ सरकारका हरेक तहतप्कामा समेत सिन्डिकेट हावी भएकाले जरैदेखि उखेल्ने प्रतिबद्धता उनले जनाए । ‘राज्यका हरेक क्षेत्रमा सिन्डिकेट छ । नीति निर्माण तहदेखि राजनीतिक दलसम्ममा सिन्डिकेट हावी छ,’ उनले भने, ‘केही ठाउँमा राज्य संयन्त्रबाटै सिन्डिकेटको संरक्षण भइरहेको छ । त्यसैले एकपछि अर्काे गरेर सिन्डिकेटको अन्त्य गरेर नै छाड्नेछौँ । भेटमा उपभोक्ता अधिकारकर्मीले गृहमन्त्री रामबहादुर थापासँग जनताले अनूभूति गर्ने गरी सिन्डिकेटको अन्त्य गर्न माग गरेका थिए । उपभोक्ता हित संरक्षण मञ्चका संस्थापक अध्यक्ष डा. सुन्दरमणि दिक्षितसहित पुगेको पदाधिकारीको समूहले यातायात क्षेत्रको मात्रै नभएर सम्पूर्ण क्षेत्रको सिन्डिकेट अन्त्य गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएको हो । मञ्चका अध्यक्ष ज्योति बनियाँले गृहमन्त्रीसँग जनताले महसुुस गर्ने गरी सिन्डिकेटको जरै उखेल्न अनुरोध गरे। राज्यका हरेक क्षेत्रमा सिन्डिकेट छ । नीति निर्माण तहदेखि राजनीतिक दलसम्ममा सिन्डिकेट हावी छ, केही ठाउँमा राज्य संयन्त्रबाटै सिन्डिकेटको संरक्षण भइरहेको छ । त्यसैले एकपछि अर्काे गरेर सिन्डिकेटको अन्त्य गरेर नै छाड्नेछौँ । गृहमन्त्रीज्यू, सिन्डिकेट अन्त्य भएको जनताले कहिले अनूभूति गर्न पाउलान,’ उनले भने, ‘सिन्डिकेट नभएको कुनै क्षेत्र नै छैन । त्यसैले खुट्टा नकमाइकन व्यवहारिक ढंगले सिन्डिकेटको अन्त्य गर्नुपर्ने देखिन्छ ।’ मञ्चका संस्थापक अध्यक्ष दिक्षित अहिलेको सरकारले समेत सिन्डिकेट अन्त्य गर्न नसके कसैले रोक्न नसक्ने बताए । ‘सिन्डिकेट अन्त्य गर्न सरकारको लागि सुनौलो अवसर आएको छ। यो सरकारले सिन्डिकेटको विकृति अन्त्य गर्न सकेन भने कुनै सरकारले अन्त्य गर्न सक्दैन,’ उनले भने, ‘सरकार कुनै पनि हालतमा शिथिल भएर बस्नु हुदैँन।’उपभोक्ता अधिकारकर्मीले सिन्डिकेटधारी यातायात व्यवसायी विरुद्धको निर्णय स्वागतयोग्य भएको बताएका थिए । उनीहरूले यातायात क्षेत्रको सिन्डिकेट हटाउने निर्णय गरेर मात्रै नहुने बताए । थापालाई अधिकारकर्मीले जनताले सिन्डिकेट हटाएको प्रत्यक्ष अनूभूति गर्न सक्ने अवस्था सिर्जना गर्न आग्रह गरे । नयाँ यातायात व्यवसायीलाई कम्पनीमार्फत सवारीसाधन दर्ता गराएर यात्रुलाई तत्कालै सहज यात्रा गर्ने वातावरण बनाउन पनि उनीहरूले माग गरे ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार